यदि यस्तो ग्रहहरुको योग छ भने मात्रै राजनीतिमा लाग्नुहोस्

राजनीतिमा सफल हुनका लागि भाग्यकाे पनि साथ चाहिन्छ ।

देश काल र परिस्थिति अनुसा नै जन्मिन्छन जनप्रिय राजनीतिज्ञ राजनेता । हरेक मानिसले आफूले चाहेअनुसारकाे कामहरु गरिरहेका हुन्छन् । यस्ता याेग हुने राजनेता विश्वमै बिरल्लै जन्मेका हुन्छन् । राजनेताहरुले जनताका प्रतिनिधित्व गर्दछन जुन जनभावना अनुसार काम गर्दा छाेटाे समयमा सफल हुने गर्दछन् ।

वैभवशाली, एेश्वर्य युक्त शासनमा राज पदबाट सुशाेभित तरिकाले प्रतिष्ठित जिम्मेवारी तथा जनता द्वारा सधैंभरि उच्च सम्मान हरेक स्थानमा हुनेमान्छे मात्रै राजनेता ठहरिन्छ । ज्याेतिषीका दृष्टिले हेर्ने हाे भने जाेकुनै व्यक्तिको कुण्डलिमा नत यस्ता याेग हरु हुन्छन न कुनै ग्रहहरु मिलेर बसेकै हुन्छ । सफल तथा प्रतिष्ठित व्यक्ति हरुकाे कुण्डलिमा मात्रै यस्ता खाले याेग हरु निर्माण भएका हुन्छन जसले प्रतिष्ठित राजनेताको उपाधि प्राप्त गर्न सफल हुन्छन हाम्राे देशमा लामाे समयदेखि यस्ता कुनै पनि राजनेताले जन्म लिएका छैनन् ।

दुर्लभ मानिसहरूकाे कुण्डलिमा मात्रै निर्माण हुन्छ राजयाेग । ग्रहहरुकाे अवस्था, उच्च ग्रहकाे याेग, डिग्रीका हिसाबले सबैग्रहहरु समान हुनु प्रतिष्ठित गराउने गजकेशरी याेग जनताका सामु चिनिने लक्ष्मीयाेग, सुन्दर प्रिय अनि सुमधुर सम्बन्ध निर्माणका लागि बन्ने बुदादित्य याेग लगाएतका याेग एकैसाथ निर्माण हुनु नै दुर्लभ कुरा हाे र राजनेता हरुपनि दुर्लभबै जन्मिने कुरा हाे । यदि कुण्डलीमा यस्ता याेग हरु भएमा सफल राजनेताका रुपमा परिचित गराउदछ ।

सफल राजनेता हरुकाे कुण्डलीमा अधिकांश राहु ६,१० या ११ भाबमा देखिएकाे छ जुन राहुले सर्वसम्मतिले राजनीतिको कारण पनि मानिन्छ । यदि कुण्डलीमा कर्म भाबमा कुनै शुभग्रह उच्च अबस्थामा बसेर अरु कुनै शुभ ग्रहकाे साथ मिलेकाे अबस्थामा मात्रै सफल बन्न सक्छ राजनीति । लग्नेश, पञ्चमेश( बुद्धि ) भाग्येशकाे यदि युक्तिसंगत या कुनै प्रकारकाे याेग बनाएमा पनि प्रबल राजयाेग निर्माण हुन्छ ।

राज्य कारक सूर्य यदि कर्म भाबमा उच्च या स्वगृहि अबस्थामा राजनीतिक कारक ग्रह राहु छैटाै, दशम या एकादश भाबमा भएकाे अबस्थामा वाणी भावकाे मालिक कर्मभाब संग कुनैपनि प्रकारकाे सम्बन्ध बनाएमा राम्राे वक्ता र शासनमा उच्चाे स्थानमा रहेर राजनीति गर्ने अवसर प्राप्त हुन्छ र सफल हुन्छ ।

यदि कुनैपनि प्रकारका परिवर्तन याेग निर्माण भएमा पनि सफल राजनीतिक हुने याेग निर्माण हुन्छ । यदि लग्नमा उच्चाे मंगल बृहस्पति ग्रहसंग सम्बन्ध बनाएकाे अबस्थामा पनि सफल शासन गरेर राजनीतिमा लाग्न सक्ने हुन्छ । उच्चाे राजयाेग तथा सफल राजनेता बन्नका लागि सम्पूर्ण ग्रहहरुकाे अबस्था बलियाे हुनु पर्दछ । ग्रहहरुकाे अवस्थाका अाधारमा मानिसको साेच तथा सकारात्मक भावना अाउने हाे ।

प्रकाशित मिति July 1, 2020

प्रतिकृया दिनुहोस