प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन

सूचना दैनिक
बुधबार, असार १७, २०७७

काठमाडौं, १७ असार । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। मुटुमा समस्या आएपछि बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार गरिएकी छन्त्यालको आज निधन भएको हो ।

उहाँको आइतबार मुटुको ३ वटा भल्ब अबरुद्ध भएपछि शल्यक्रिया गरिएको थियो। उहाँको आजै पशुपति आर्यघाटमा अन्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । उहाँ नेपाली काँग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्याे । २०७० को संविधान सभा निर्वाचनमा भने उहाँ बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनुभएकाे थियाे ।

छन्त्यालकी श्रीमान, दुई छोरा र दुई छोरी हुनुहन्छ। छन्त्यालको निधन भएपछि कांग्रेसको आजका लागि तय भएको केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थगित गरेको छ ।

काठमाडाैं, १७ असार । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन कुमार थापाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफू जोगिन र आफ्नालाई जोगाउन व्यस्त भएको आरोप लगाउनु भएको छ ।

देशमा सलह किरा र काेराेनाभाइरसकाे प्रभाव बढ्दाे भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएकाे उहाँकाे आरोप छ । सांसद थापाले सामाजिक संजाल ट्विटरमा लेख्नु भएको छ, ‘सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’

सांसद थापाले कुरा सुन्ने र काम गर्ने सरकार दिन आग्रह पनि गर्नुभएकाे छ । ‘नेकपा सचिवालयलाई विनम्र अनुरोध छ : अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’