सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आज बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ४०० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपियाँले बढेको छ । आज चाँदी प्रतितोला ९६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति July 1, 2020

प्रतिकृया दिनुहोस