प्रचण्डलाई सुनाइदिनू म अध्यक्ष र प्रधानमन्त्री दुवै छोडदिन -केपि ओलि

सूचना दैनिक
बुधबार, असार १७, २०७७

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतसहितका शक्ति लागिपरेको र त्यसमा नेपालका नेताहरूको समेत साथ रहेको भन्ने अभिव्यक्ति दिएपछि आफ्नै पार्टीभित्र झन् अप्ठेरोमा परेका छन् । स्वेच्छाचारी कार्यशैलीमाथि प्रश्न उठाउने तयारीमा रहेका असन्तुष्ट नेताहरूलाई ओलीले आइतबार मदन भण्डारी

फाउन्डेसनको कार्यक्रममा दिएको अभिव्यक्तिबाट थप मसला मिलेको छ । तीन दिन स्थगनपछि मंगलबार बस्ने बैठकमा असन्तुष्ट नेताहरू सरकार हटाउने चलखेल कहाँ, कसरी भयो, त्यसको जवाफ माग्ने तयारीमा छन् । स्थायी कमिटी बैठक सुरु हुनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीनिकट

नेताहरूले सामूहिक रूपमै भेटेर कार्यशैली सुधार्न आग्रह गरेका थिए । अध्यक्ष पुष्पकमल दाहालनिकट स्थायी कमिटी सदस्यहरूसँगको बछलफलको निष्कर्ष सुनाउँदै उनलाई ती नेताहरूले भनेका थिए, ‘अब तपाईंले आफ्नो एकलौटी छोड्नुपर्छ, प्रचण्डजीलाई पनि विश्वासमा लिएर अघि बढ्न तयार हुनुपर्छ ।

अर्का अध्यक्ष दाहाललाई विश्वासमा लिएरै अघि बढ्नुपर्छ भन्ने कुरामा प्रधानमन्त्री सहमत भए तापनि आफूले राखेको दुईमध्ये एक पद छोडेर जानुपर्छ भन्ने प्रस्तावलाई उनले स्विकारेनन् । त्यसैले विभिन्न चरणमा भएका भित्री बैठकहरू निष्कर्षमा पुग्न सकिरहेका छैनन् । दोस्रो तहका नेताहरूसँगको छलफलमा ओलीले अर्का अध्यक्ष दाहाल र

वरिष्ठ नेता नेपालले आफूलाई सहयोग नै नगरेको गुनासो गरेका छन् । प्रचण्डजी अध्यक्ष भएपछि उहाँले मसँग सरसल्लाह गरेर मेरो सहमतिमा एजेन्डाहरू बाहिर लानुपर्छ तर उहाँ त बाहिरबाहिर गुटगुटमा छलफल गरेर तिनै विषयवस्तु बोकेर मसित कुरा गर्न आउनुहुन्छ,

अध्यक्षद्वयको मिलनविन्दु पहिल्याउन पहल गरिरहेका दाहालनिकट एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘अहिले मैले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्दिनँ, यो कुरा प्रचण्डजीलाई सुनाइदिनू ।’ उनले ओलीको भनाइ आफूले दाहाललाई जस्ताको त्यस्तै सुनाइदिएको पनि बताए ।