सिराह बाट दुखद खबर : सशस्त्र प्रहरी जवान यस्तो अबस्थामा भेटिए

सूचना दैनिक
बुधबार, असार १७, २०७७

काठमाडौं – सिरहामा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका र सिरहाको भन्सार कार्यालय माडरका बोर्डर आउट पोस्टमा कार्यरत मनोहरकुमार यादव रहेका छन् ।

उनी सिरहा नगरपालिका–१४ खिरौनास्थित कुलोको डिलमा मृत फेला परेका हुन् । उनी सोमबारदेखि नै बोर्डर आउट पोष्टको सम्पर्क भन्दा बाहिर रहेका थिए । उनी मंगलबार दिउँसो कुलोको डिलमा मृत फेला परेका हुन् । उनको शव हेर्दा कसैले ज्यान लिएको हुनसक्ने अनुमान लगाइएको प्रहरीले जनाएको छ

भारतबाट नेपाल प्रवेश गर्‍यो सलहको समूह

काठमाडौं – सलहको समूह नेपाल छिरेको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल छिरेको कृषी मन्त्रालय स्रोतले जनाएको छ । सलहको सानो समूह शनिवार नेपाल प्रबेश गरेको जनाइएको छ ।

शनिवार बिहान बारा, पर्सा र सर्लाहीमा सलहको समूह देखिएको जनाइएको छ । उक्त सलह कस्तो खालको र कति संख्यामा छन् भन्ने बारे जानकारी आइसकेको छैन ।

नेपाल प्रबेश गरेका सलह अहिले रुख तथा जमिनमा बसेको बताइएको छ । सलह बथानमा उड्ने फट्यांग्रा किरा । जसले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउने गर्छ । यसको समुहमा एक वर्ग किलोमिटर क्षेत्रफलमा १५० लाखसम्म किराहरू हुन्छ ।