खुशीको खबर, नेपालमा गएको २४ घण्टामा मात्रै ४८२ जनामा कोरोनाका बिरामी थपिदा १४६२ जना

काठमाडौं -नेपालमा गएको २४ घण्टामा मात्रै ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा ११७ महिला र ३६५ पुरुष रहेका छन् ।

आज ४८२ थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ । गौतमका अनुसार गएको २४ घण्टामा थप १४६२ जना कोरोनाका बिरामी निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेकोगौतमले बताए ।

प्रकाशित मिति July 1, 2020

प्रतिकृया दिनुहोस