कमल थापा भन्नुहुन्छ: ५ बर्ससम्को आगि जनताले बहुमत दिएका हुन यसैले मिलेर काम गर्नुहोश!

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ दाल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वलाई आपसमा मिलेर काम गर्न सुझाव दिएका छन् ।अध्यक्ष थापाषले पछिल्ले समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै नेकपा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई आपसमा मिलेर काम गर्न सुझाव दिएका हुन् ।

उनले कोरोना भाइरसको महामारीकाबीच देशको अर्थतन्त्र धराशायी बन्दै गएको र सीमा विवादका विषयमा एक ढिक्का हुनुपर्ने अवस्थामा नेताहरु आन्तरिक कलहमा रुमलिएको अध्यक्ष थापाको निष्कर्ष छ ।सिमा विवाद चरमोत्कर्षमा पुगेको, कोभिड–१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदैगएको बेला सिंगोदेश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ । ५ बर्षका लागि जनताले बहुमत दिएका हुन् । आपसमा मिलेर काम गर्नुहोस्’, उनले भने ।

यो पनि पढ्नुहोश: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न नेताहरूसँग आग्रह गरेका छन् ।पार्टी नेतृत्वले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले आफू निकटका साथै पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षका केही नेताहरूलाई बालुवाटारस्थित निवासमा बोलाएर बुधबार बिहान छलफल गरेका थिए ।

पूर्व माओवादीका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि छलफलमा सहभागी थिए । छलफलमा प्रधानमन्त्री ओलीले आफूलाई साह्रै अपमानित गर्ने काम भएको भन्दै सहयोग गर्न नेताहरूलाई आग्रह गरेका थिए । आफूलाई सबैतिरबाट आक्रमण भएको भन्दै ओलीले नेताहरूसँग सहयोग मागे ।तर उनले कुन कदम चाल्न लागेको भन्ने नखुलाएको एक नेताले बताए ।बैठकमा बादल, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले बोलेका थिएनन् । अरूले भने पार्टी एकता जोगाउने मूल्यमा मात्र सहयोग गर्न सक्ने बताएका छन् ।

प्रकाशित मिति July 1, 2020

प्रतिकृया दिनुहोस