विराटनगर, १७ असार । आमालाई कु’ट पि’ट गरेको देखेका एक बालकले आफ्नै वुवाको ह त्या गरेका छन् । आमालाई कु’ट पि’ट गरेको रिुस सहन नसेकेका छोराले बुवाको ह’त्या गरेका हुन् । उनी नाबालक भएका कारण परिचय लुकाइएको छ । बालक १५ वर्ष उमेरका भएको प्रहरीले जनाएको छ ।
मोरङको जहदा गाउँपालिका ५ सन्थाल बस्तीमा ४० वर्षका बुवालाई ब’ञ्चरो प्र’हार गरेर ह’त्या गरेको अभियोगमा प्रहरीले १५ वर्षका बालकलाई पक्राउ गरेको हो । सानो कुरामा आमालाई कु’ट पि’ट गरेको देखेपछि बालकले रि’स खप्न सकेका थिएनन् । केही दिन अघि छोरीको विवाह भएको थियो । सोही विवाहमा पाहुना आएकी आफ्नै दिदीको नातीले विस्तरामा पिसाव गरिदिएको निहुँमा मृतकले श्रीमती माथि कु’ट पि’ट गरेका थिए ।
बच्चाले पिसाव गरेको विस्तरा धोएर सुकाएको भएपनि पानी परेका कारण सुक्न पाएन । राति सु’त्ने वेलामा आफ्नो बिस्तरा नदेखेपछि उनले श्रीमतीलाई कु’ट पि’ट गरेका थिए । राति करिब १० वजे आमालाई विस्तराको निउँमा विवाद पछि कु’ट पि’ट गरेर उनका बुवा सु’ते ।
त्यसपछि आमा छोरा पनि सु’तेका थिए । तर विहान करिब ५ वजे तिर उठेका छोराले त्यही रि’सको झोकमा बुवालाई सु’तेकै बेलामा बुञ्चरो प्र’हार गरेका थिए । ब’ञ्चरो प्र’हार गरेर गम्भिर घाइेत भएका मृतकलाई पैसाको अभावमा अस्पताल लगिएको थिएन । उपचारको अभावमा उनको आइतवार निधन भएको हो ।
बुवाको निधन पछि प्रहरीले १५ वर्षका छोरालाई पक्राउ गरेको हो । शनिबार बुबाको ह’त्या गरेको आरोपमा पक्राउ परेका बालकलाई निय’न्त्र’णमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ । बुवाको आइतवार निधन भएको हो ।
यो अर्को समाचार, यातायात सञ्चालन नभएको समयमा सहुलियतको माग
नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ । महासङ्का अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासङ्घको टोलीले अर्थ सचिव शिशिरकुमार ढुङ्गानालाई आज मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो । महासङ्घले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र पुनःकर्जाको व्यवस्था गर्न माग गरेको छ ।
अर्थसचिव ढुङ्गानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजतलगायतका कागजातको नवीकरण स्थगनसमेत माग गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले बताए । महासङ्घको मागप्रति अर्थ सचिव ढुङ्गाना सकारात्मक रहेको पनि सिटौलाले जानकारी दिए ।
महासङ्घले यस अघि पनि पटक–पटक विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि भेटेर सवारीसाधन सञ्चालन नभएको समयमा सहुलियतको माग गर्दै आएको छ । आज नै ट्याक्सी चालकले यातायात व्यवस्था विभागमा ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । सरकारले गत चैत ११ देखि जारी राखेको बन्दाबन्दीमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन भए पनि सार्वजनिक सवारीसाधन खुलाउने सम्बन्धी कुनै निर्णय गरेको छैन ।
बामदेव गौतमले भने- दशगजामा दुवैतर्फ ५ मिटर अग्लो पर्खाल लगाई नेपाल भारतबीच खुल्ला सिमाना बन्द गर्नुपर्छ
काठमाडौं, १४ असार । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले नेपला भारत सिमा दशगजामा पाँच मिटर अग्लो पर्खाल लगाउनुपर्ने प्रस्ताव गरेका छन् । उनले सिमाको व्यवस्थापनमा जोड दिदै उक्त धारणा राखेका हुन् ।
हिजो बसेको स्थायी कमिटि बैठकमा गौतमले राखेको धारणा आज सार्वजनिक गर्दै दश गजामा पाँच मिटर पर्खाल लगाउनुपर्ने उल्लेख गरेका हुन् । उनले दुवैतर्फ ५ मिटरको पर्खाल लगाउनुपर्ने धारणा राखेका हुन् ।
गौतमले नेपाल र भारतबीच भीसा लिएर मात्र आवतजावत गर्न पाउने व्यवस्था हुनुपर्ने बताएका छन् । उनले भीसा भने निःशुल्क हुनुपर्ने बताए ।
नेपाल र भारतबीच युद्धको कल्पना समेत गर्न नसकिने भन्दै दुवै देशबीचको समस्याको कुटनीतिक वार्ताबाट समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् । उनले महाकाली सन्धी गर्दा पार्टी ह्वीप विरुद्ध मतदान नगर्ने शिर्ष नेताहरुलाई तत्कालिन नेकपा एमालेले निष्काशन गरेको निर्णय गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने धारणा समेत राखेका छन् ।
गौतमले हिजो स्थायी कमिटि बैठकमा राखेको ५ बुँदे धारणा
१) पार्टीको निर्णय र सर्वदलीय सहमतिमा भारत द्वारा अतिक्रमित नेपाली भूमी कालापानी लिपुलेक र लिम्पिया धुरा समेत समेटिएको नेपालको नयां नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमां नेपाल सरकार , सवै राजनितिक पार्ट दुवै सदन,र संपूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद
वधाई र आभार प्रकट गर्छु।
२) सिंगो राष्ट्रलाई एकतावद्धगरि अतिक्रमित भूमिसहितको नेपालको नयां नक्सा जारीगरेर यो संघर्षमा ९९प्रतिशत विजय हासिल भएकोछ। भारतीय सेनाा नेपालीभूमिवाट हट्दासाथ हामीले१००प्रतिशत विजय हासिल गर्नेछौं।
३) यसै सनदर्भमा गरिएको महाकालीनदीको एकिकृत विकास संवन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकों ह्वीप उल्लंघन गरेको आरोपमॉ म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीवाट अन्यायपूर्वक निष्कासन गरिएको थियो। पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोप सहीत पार्टी वाट निश्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस।
४) अव ढिला नगरि नेपाल भारत विच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नुपर्छ। प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ। सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ।
५) हाम्रा दुवै छिमेकी राष्ट्र संग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न। सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नु पर्छ।