भारतले ५९ एप बन्द गरेपछि चीनले भारतलाई दियो धम्की

काठमाडौं। भारतले ५९ वटा चिनियाँ एप बन्द गरिदिएपछि चीनले यस विषयमा कडा प्रतिक्रिया जनाएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भारतलाई व्यापार युद्धको धम्की दिएको छ । ग्लोबल टाइम्सले भारतको यस्तो कदमको फलस्वरुप भारतले चीनसँग व्यापार युद्ध हुन सक्ने संभावनालाई बेवास्ता गर्न नहुने बताएको छ । अखबारले चीनको संयमलाई भारतले चिनियाँ कम्पनीहरुमाथि कारवाही गर्ने कारण बनाउन नहुने भनेको छ ।

ग्लोबल टाइम्सले २०१७ मा भएको डोकलाम विवादको उल्लेख गर्दै लेखेको छ ‘विगत केही वर्षमा कहिलेकाहीँ भारत–चीन सीमामा केही विवाद भएका छन् । तर, व्यापार युद्ध दुवै देशको लागि असामान्य हुनेछ । २०१७ को डोकलाम विवादका क्रममा पनि भारतको आर्थिक नोक्सानी सीमित रहेको थियो किनकि संकटपछि द्विपक्षीय व्यापार छिटै सुरु भएको थियो ।’

अखबारले अगाडि लेखेको छ ‘यो कुरालाई इन्कार गर्न सकिँदैन कि एपहरु बन्द भएपछि चिनियाँ कम्पनीलाई नोक्सानी हुनेछ । तर, यदि ठूलो तस्वीर हेर्ने हो भने यो प्रस्ट छ कि भारत चीनको विशाल अर्थतन्त्रलाई नोक्सानी पुर्याउन सक्ने स्थितिमा छैन । सीमामा भएको झडपपछि चीन भारत सरकारसँग शान्तिको प्रयास गरिरहेको थियो ताकि द्विपक्षीय आर्थिक र व्यापारिक सम्झौतालाई सुरक्षित राख्न सकियोस् । यसबाट दुवै देशलाई लाभ हुनेछ ।’

अखबारले अगाडि लेखेको छ ‘तर, अब यस्तो लाग्छ कि मोदी सरकार भारतीयहरुबीच बढिरहेको राष्ट्रवादलाई रोक्न असफल भएको छ । मोदी सरकारले देशमा बढ्दो राष्ट्रवादको दबाबका कारण एप बन्द गर्ने निर्णय गर्यो । सीमामा जस्तो झडप भयो यस्तो घटना दुवै देशले पहिले देखेका थिएनन् ।’

अखबार लेख्छ ‘तर, भारत सरकारले चिनियाँ लगानीकर्ताको विश्वासलाई तोडेको छ । यदि भारत सरकार देशको राष्ट्रवादी भावनालाई यसैगरी बढावा दिइरहन्छ भने भारतले डोकलाम संकट भन्दा पनि बढी नोक्सानी झेल्नुपर्नेछ ।’ अखबारले भारत सरकारले अहिलेको स्थिति बुझेर संकटलाई बढ्नबाट रोक्ने कोसिस गर्ने अपेक्षा पनि गरेको छ ।

प्रकाशित मिति July 2, 2020

प्रतिकृया दिनुहोस