दीपकराज गिरी भन्छन् : अन्तर्वातादेखि होसियार, आधा घण्टामा आफ्नो व्यक्तित्व स्वाहा नपारौं

सूचना दैनिक
बिहिबार, असार १८, २०७७

काठमाडौं, १७ असार । पछिल्लाे समय अन्तर्वातामा दिएकाे अभिव्यक्तिले कालाकारहरू एकाएक विवादित र ट्रोलकाे शिकार बनेपछि कलाकार दीपकराज गिरीले उनीहरुलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकारहरूलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका हुन् ।

यतिबेला कलाकार पूजा शर्मा ट्रोलको शिकार बनिरहेकी छन् । कारण- एक भिडियो अन्तर्वार्तामा पत्रकारले सोधेको प्रश्नमा कलाकार शर्माले अकमकाउँदै नेपालमा ७२ प्रदेश र १४ वटा जिल्ला छन् भनेपछि उनी ट्रोलको शिकार बन्न पुगेकी हुन् ।

त्यस्तै अहिले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता तथाअभिनेता तथा निर्माता भुवन केसीबीचको रस्सा कस्सी चलिरहेकाे छ । ठूला ब्यानरका चलचित्रका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका शाहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेपछि चत्रचित्र क्षेत्र नै तात्तिए हाे ।

पहिलो ‘डेब्यू’ फिल्मबाट नै सफल भएकी शाहले अभिनेता तथा निर्माता भुवन केसीलाई ईंगित गर्दै सार्वजनिक गरेको भिडियो बाहिरिएसँगै भुवन केसीले पनि सामाजिक सञ्जाल मार्फत ‘जुन थालमा खायो सोही थाल दुलो पार्दै हिड्ने’ भन्ने प्रतिक्रिया दिएपछि चत्रचित्र क्षेत्र नै तात्तिएकाे छ ।

त्यस्तै केहि समयअघि नेपाल-भारतबीच​को सीमा विवादबारे दिएको अभिव्यक्तिका कारण विवादास्पद बनेकी थिइन् । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनैतिक/प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेपछि नेपाल र भारचबीचको विवादले आफूलाई भारतीय साथीहरुसँग आफूले ‘फेस’ गर्न गाह्रो भएको बताएपछि उनी विवादास्पद बनेकी थिइन् ।

यसरी कालाकारहरू एकाएक विवादित र ट्रोल बनेपछि गिरीले मिडियाको अन्तर्वाता लिने प्रस्तावलाई कहिले काही ‘नाई’ भन्न सक्नुपर्ने बताएका छन् । दीपकले लेखेका छन्,’कोही सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए । कोही नेपोटिज्मका बारेमा । कोही केमा कोहि केमा ।’ उनले यो सबै कलाकारहरुले मिडियालाई ‘नाई’ भन्न नसक्ने बानीले विवादमा आएको बताएका छन् ।