अब स’कियो,भारतको चु’रिफुरी ….नेपाले ना’कामै यस्तो ग’रिदियो ! जय नेपाल,

सूचना दैनिक
शुक्रबार, असार १९, २०७७

पछिल्लो सीमा विवादले नेपाल र भारतबीच देखा परेको ‘चिसोपन’ अन्त्य गर्न दुई देशका सरकारबाहेक अन्य क्षेत्र पनि सक्रिय हुनुपर्ने मत विश्लेषकहरूले प्रकट गरेका छन्।

नेपाल र भारत दुई देशबीचस्थित लामो खुला सिमाना तथा ऐतिहासिक र सांस्कृतिक सम्बन्ध भए पनि पछिल्लो समयमा नेपाल र भारत दुवै देशमा देखिएका परिवर्तनसँगै अघि बढ्न नसक्दा समस्या जटिल बन्दै गएको उनीहरूको भनाइ छ।

दुवै देशले एक अर्काको देशमा पछिल्लो केही समययता परिवर्तित परिस्थितिको समीक्षा गर्नुपर्ने सुझाव उनीहरूको छ।

नेपालले नयाँ नक्सा जारी गरेसँगै चर्किएको सीमासम्बन्धी विवादमा भारतले झन् कडा अडान राख्ने सङ्केत गरेको ठानिएका बेला दुवै देशका विश्लेषकहरूले आपसी समझदारी र वार्ताकै माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन्।

छब्बीस वर्षमा ३१ बैठकपछि ‘नटुङ्गिएको मुद्दा’मा नेपाल र भारतबीचको सीमा विवाद
सीमा विवादबारे भारतको प्रतिक्रियाले छलफलका लागि ‘स्पष्ट आधार’ तय गरेको विज्ञहरूको भनाइ
पछिल्ला केही दशकमा परिवर्तन हुँदै गएको विश्वको परिदृश्यले नेपाल र भारतबीचको सम्बन्धमा समेत प्रभाव पारेको र जुनसुकै सम्बन्ध सुधार गर्न निरन्तर लागिपर्नुपर्ने उनीहरूको भनाइ छ।

नयाँ आयाम

नेपाल मामिलाका जानकार भारतीय अवकाशप्राप्त प्राध्यापक एसडी मुनि पछिल्लो समयमा दुवै देशमा देखिएको परिवर्तनबारे दुवै देशलाई पर्याप्त जानकारी नहुनुले दुई देशको सम्बन्धमा प्रभाव पारेको बताउँछन्