अभिनेत्री सुष्मा कार्कीले नाईटो छेड्दै गरेको भिडियो सामाजिक संजालमा भाईरल

सूचना दैनिक
बुधबार, साउन ७, २०७७

लोकप्रिय नायिका सुष्मा कार्कीको एक भिडियो यतिबेला सामाजिक संजालमा बिस्तरै भाइरल हुँदै गइरहेको छ । उध्रेको चोली बोलको आइटम गीतबाट चर्चामा आएकी कार्की पछिल्लो समय विवादको मुख्य पात्र बन्न पुगिन । हाल उनले सामाजिक संजालमा नाइटो छेडेको भिडियो शेयर गरेपछि फ्यानहरुले बिभिन्न किसिमका प्रतिक्रिया दिएका छन् ।

उनले नाइटो छेडिरहेका बेला पीडा भएको अनुहार तस्विरमा देख्न सकिन्छ । उनको उक्त भिडियो रविन तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । त्यसपश्चात् भिडियो यतिबेला फेसबुकमा भाईरल हुँदै छ ।

बेला बेला विभिन्न कारणले चर्चामा आँउने सुस्मा यसअघि पुजा शर्मासँगको दुस्मनी र हट पहिरनका कारण चर्चामा आएकी थिइन् ।

अहिले फेरी नाइटो छेडेर उनी चर्चामा आएकी छन् । फिल्ममा खासै काम नपाएकी सुस्मा यि यस्तै काम बाट प्राय चर्चामा आउने गर्छिन् । मेरो एउटा साथी छ, बिन्दास, बाउन्सर, मेरो जीवन साथी जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् ।