देशका विभिन्न ठूला शहरहरूमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै भब्य मोटरसाइकल र्याली हुन थालेपछि राजाका नाममा राजनीति गर्दै आएको राप्रपाका नेताहरूमा छटपटी बढेको पाइएको छ ।
वीर गोर्खाली अभियानको नाममा हुने गरेको र्याली कसको नेतृत्व र लगानीमा भइरहेको हो भन्ने जानकारी पाउन न प्रशासनले सकेको छ न राजाका निकटवर्तीहरू तथा राजाबाट विगतमा लाभ प्राप्त गर्दै आएकाहरूले नै यसको भेउ पाउन सकेका छन् ।
तर भब्य र्यालीको क्रेडिट (जश) लिने होडबाजी भने श्रीषशमशेर राणादेखि वर्तमान सङ्घीय, गणतान्त्रिक, जातिवादी तथा धर्मनिरपेक्ष संविधानलाई विश्वकै उत्कृष्ट दाबी गर्ने तत्कालिक परराष्ट्रमन्त्री कमल थापासम्मले प्रयास गरिरहेका छन् ।
मोटरसाइकल र्यालीहरूमा मानिसको सहभागिता बढ्न थालेपछि संस्थापन पक्ष सचेत भएको छ र गृहमन्त्रालयले कडा निगरानी राख्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ।
गत कात्तिक १७ गते बुटवलमा आयोजित र्यालीमा मानिसहरूको ब्यापक सहभागिता भएपछि देशैभरि त्यसको तरङ्ग पैदा भएको छ । त्यसपछि कात्तिक २२ गते वीरगञ्ज, २७ गते विराटनगर, मङ्सिर १० गते पोखरा र १४ गते हेटौँडा तथा नेपालगञ्जमा आयोजित र्यालीमा पनि मानिसहरूको ब्यापक सहभागिता थियो ।
वीर गोर्खाली अभियानका नाममा भइरहेका कार्यक्रमहरूमा पछिल्लो समय शिव सेना, शाही शक्ति आदि नामका समूहले पनि आफ्नो उपस्थिति जनाउने गरेको पाइएको छ। तर यी कार्यक्रमहरूमा एटीएफ नेपाल नामक सङ्गठनको प्रमुख र नेतृत्वदायी भूमिका रहेको छ, जसको संयोजक सन्तोष राजावादी (सिलवाल) रहेका छन्। यो खबर घटना र विचारमा छ।
प्रकाशित मिति December 5, 2020