जन्मदिने आमालाई काठमाडौको तीनकुनेको झाडीमा फाल्ने छोरा को होलान् ?

एउटी आमालाई काठमाडौंको तीनकुनेमा अलपत्र अवस्थामा फालेर हिड्ने सन्तानको खोजीका लागि मानवसेवा आश्रमले सामाजिक सञ्जालमा ती आमाको तस्वीरहरु सार्वजनिक गरेको छ ।

मानव सेवा आश्रमले बिरामी अवस्थामा फेला परेकी ती आमाको तीनकुनेबाट उद्धार गरेपनि उनको मृत्यु भएको छ ।

मुना मानवसेवा नामको फेसबुकमार्फत उनका छोराछोरीलाई चिन्नेहरुका बारेमा खबर गरिदिनु भन्दै तस्वीर सार्वजनिक गरिएको छ ।

फेसबुकमा यस्तो लेखिएको छ

यस्तो छ हाम्रो समाज – जन्मदिने आमालाई यसरी फ्यालिदिने महा मानव ति छोरा अनि सन्तानको अनुहार हेर्न मन छ ।?

मेरो मृत्युबाट तिमी खुशी हुन्छौ भने तिम्रो लागि हाँसीहाँसी मृत्यु वरण गर्न तयार छु छोरा !

तिम्रै सफल र असल जीवनकै लागि त नौ नौ महिना सम्म कत्ति पनि अफ्ठेरो नमानी पेटमा बोकेर हिँडे, प्र’सव पी’डा सहेर यो धर्ति देखाएँ अनि तिमीलाई समाजमा लायक बनाएँ ।

तिम्रो लागि म लायक बन्न सकिन होला छोरा त्यसैले त चिन्दै नचिनेका मानिसको काखमा अन्तिम श्वास फेर्ने अवस्था आयो ! सायद तिम्रो काखमा जीवनका अन्तिम पलहरु बिताउन मैले भाग्यमा ल्याएको थिइन होला छोरा !
सधै खुशी रहनु छोरा ! मेरो शुभ-आशिर्वाद !!

यस्ती आमालाई झाडीमा ल्याएर फ्याल्ने उनको परिवारलाई खोज्न यो पोष्ट सक्दो सेयर गरिदिनुहुन अनुरोध छ ।

यो हद सम्मको “कु” गर्नेलाई सामाजिक बहिस्कार गरौं । आमाको घरपरिवारलाई कसैले चिन्नुहुन्छ भने ९८५५०७६००४ मा सम्पर्क गरी जानकारी गराउनहुन सादर अनुरोध छ ।

अ’पराधको पराका’ष्ट, अमानवीयताको सीमा नै पार गरी यी आमालाई झाडीमा फ्यालिएछ । उद्धार गरी अस्पताल लादा लादै आमाको मृत्यु भयो । आमालाई बचाउन त सकिएन तर आमालाई झाडीमा ल्याएर छाड्ने महामानवलाई देख्ने ईच्छा भयो ।

आमाको स्वार्गमा बाँस होस् ,स्वार्गिय आत्माप्रती भावपुर्ण श्रद्धाञ्जली ।

प्रकाशित मिति December 17, 2020

प्रतिकृया दिनुहोस