अन्जु पन्तले प्रेम दिवसको अवसरमा आफ्नो प्रेम र विवाह बारे पहिलो पटक बोलिन् (हेर्नुस् भिडियो)

गायिका अन्जु पन्तले बिहे गर्न लागेकी छन् । उनले इलामका थिर कोइरालासँग दोस्रो बिहे गर्न लागेकी हुन् । अन्जुको पहिलो विवाह गायक एवम् सङ्गीतकार मनोजराजसँग भएको थियो । मनोजसँग अन्जुको डिभोर्स भइसकेको छ भने अन्जु र थिरको विवाहको हल्ला चले पनि विवाहको मिति भने टुङ्गो लागेको छैन।

अन्जुकी छोरी परितोषिकाले पनि अब आमाले विवाह गर्नुपर्ने बताउँदै आएकी थिइन् भने अन्जुले विवाहका लागि छोरीले दबाब दिन थालेको र त्यसबारे सोचिरहेको बताउने गरेकी थिइन् । एक दशकपछि अन्जुले थिरसँग आफ्नो प्रेम रहेको खुलाएकी हुन् । उनीहरू विवाहको तयारीमा जुटेको बताइएको छ। तर तत्काल विवाहको कुनै योजना नभएको बताउँदै विवाहको हल्ला चल्दा दबाब महसुस भएको प्रतिक्रिया दिएका छन् ।

अन्जु पन्तले अर्को विवाह गरेको हेर्न चाहना छोरीको पनि थियो । “मामुको जीवनसाथी हुन पर्छ भनेर पहिला नै धेरै इन्टरभ्युमा भनेकी थिइन्। चान्दा नामको गीत रिलिजको पत्रकार सम्मेलनको क्रममा अन्जु पन्तले आफ्नो प्रेमी थिर जी को लागि भन्दै “तिमी रोएको पल तिमिलाई हँसाउन नसकुँला …” गीत समेत गाएकी छिन्।

यतिखेर दुवैको परिवारमा विवाहलाई लिएर कुराकानी भइरहेको छ । अन्जु र थिर एक साङ्गीतिक कार्यक्रममै भेट भएका थिए ।

भिडियो हेर्न क्लिक गर्नुहोस् ।

प्रकाशित मिति February 13, 2021

प्रतिकृया दिनुहोस