श्रीकृष्णले श्वेतालाई ‘२ करोड दिन्छु अर्कैसँग बिहे गर भनेका थिए- राजेन्द्र खड्गी (भिडियो)

द्वन्द्व निर्देशक राजेन्द्र खड्की स्पष्ट वक्ता हुन् । उनी निडर तरिकाले आफ्ना कुरा खुलस्त राख्छन् । उनले धेरै कलाकारका पोल पनि खोलिदिएका छिन् । केही समय अघि उनले महानायक राजेश हमालको पनि पोल खोलिदिएका थिए ।
अहिले चर्चामा रहेकी श्वेता खड्काको पनि उनले केही नयाँ कुरा खुलाएका छन् । उनी निकै पुराना द्वन्द्व निर्देशक हुन् । उनीसँग काम नगरेका कलाकार सायदै होलान् । उनले श्वेतालाई पनि फिल्ममा खेलाएका छन् । त्यसैले उनलाई पनि राम्रोसँग जान्दछन् । साथै नायक श्रीकृष्ण श्रेष्ठ उनका प्रिय साथी थिए ।

उनले श्रीकृष्णको फिल्ममा श्वेतालाई एक्सन रोल सिकाएको कुरा स्मरण गर्दै उनले दुई जनाबिचको सम्बन्धका बारेमा बोलेका छन् ।

श्रीकृष्ण श्रेष्ठको निधन भएपछि आफूले श्वेतालाई विवाह नगर भनेर सल्लाह दिएको बताएका छन् । तर श्वेताले विवाह गरेकोमा उनलाई चित्त बुझेको छैन । उनले श्वेता देखावटीमा गएको र विवाह निकै भव्य तरिकाले गरेको सबैको आँखामा परेको बताए ।

श्रीकृष्णले आफूलाई आफ्नो निधनको सङ्केत त्यतीबेलै गरेको र श्वेतालाई म २ करोड दिन्छु अरूसँग विवाह गर्न भनेर सम्झाइदिऊ भनेर भनेको स्मरण गरेका छन् ।

त्यतीबेला नै श्रीकृष्णले आफूलाई भनेको कुरा श्वेतालाई भन्दा श्वेता नबोलेको पनि बताएका छन् । उनले श्वेताले दोस्रो विवाह गर्दा आफू सहभागी हुन नगएको पनि बताए । उनले श्रीकृष्णको नामबाट श्वेता परिचित भएकाले उनकै नामबाट सुरु गरेको माझी बस्ती निर्माणको काम पुरा गर्न पनि सुझाव दिएका छन् ।

बाँकी भिडियोमा हेरौँ

प्रकाशित मिति February 14, 2021

प्रतिकृया दिनुहोस