लगातार हिकहिक आउनु कोभिडको अर्को सङ्केत हुन सक्छ

लगातार हिकहिक आउनु कोभिडको अर्को सङ्केत हुन सक्छ । अमेरिकी जर्नल अफ इमरजेन्सी मेडिसिन नामक वैज्ञानिक पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार लगातार हिकहिक आउनु एक सक्रिय भाइरल स’ङ्क्रमणको सम्भावित लक्षण हुनसक्छ ।

इजिप्टमा एक ६२ वर्ष मानिसले चार दिनसम्म लगातार हिकहिक आइरहेको, विगतका महिनाहरूमा असाधारण तौल घटेको गुनासो गरेर अस्पताल आएपछि यस सर्वेक्षणले पहिलोपटक बढ्दो चिन्तालाई औंल्याएको थियो ।

बिरामीमा शरीरको तापक्रम बढेको, घाँटी दुखाई, टाउको दुखाई, नाक बन्द हुने वा अन्य कुनै कोरोना भाइरसका लक्षण देखिएको भने थिएन । उक्त बिरामीको फोक्सोको सीटी स्क्यानको पछि रिपोर्टमा फोक्सो सुन्निएको देखियो जुन कोभडको सङ्क्रमण हुँदा हुने गर्छ ।

थप विश्लेषण र कोभिड परीक्षणपछि लगातार हिकहिक आउनु पछाडि फोक्सो सुन्निनु नै कारण रहेको डाक्टरहरूले फेला पारेका हुन् । भाइरसले महत्वपूर्ण अङ्गहरूमा आक्रमण गर्न थाल्दा एक तरिकाले हिकहिक आउन सक्छ ।

सास फेर्ने कार्यलाई नियमित गर्ने मांसपेशीलाई कुनै चिजले रोक्दा वाडुल्की आउन सक्छ । डायाफ्राममा समस्या हुँदा हिकहिक आउने हुन्छ । घाँटीबाट डायाफ्रामसम्म फोरेनिक स्नायु खुम्चिँदा यसले सङ्कुचन निम्त्याउँछ, जसले फलस्वरूप, ’हिक’ ध्वनि निम्त्याउँछ जुन हिकहिकको रूपमा सुनिन्छ ।

विगतमा, हिकहिक फ्लू र क्षयरोग जस्ता सङ्क्रमणसँग सम्बन्धित भएको देखिएको छ । असामान्य हिकहिकको अनुभव गर्नु पनि शरीरमा प्रवेश गर्ने भाइरसको अर्को सङ्केत हुन सक्छ । यदि भाइरसका अन्य लक्षणहरू अनुभव नगरेपनि, डाक्टरहरूले अब मानिसहरूलाई सचेत गरिरहेका छन् ।

कोभिडको सङ्क्रमणको कारणले हिकहिक आउनु जो’खिमपूर्ण वा खतरनाक हुन सक्छ भन्ने निष्कर्षमा पुग्न धेरै अध्ययन चाहिन्छ । हिकहिक प्रायः लामो समयसम्म टल्दैनन् र द्रुत रूपमा समाधान गर्न सकिन्छ । तर, दुई वा सोभन्दा बढी दिनसम्म हिकहिक लगातार आएमा चिकित्सा उपचार चाहिन्छ, चाहे यो कोभिडसँग सम्बन्धित होस् कि नहोस् ।

प्रकाशित मिति February 15, 2021

प्रतिकृया दिनुहोस