आफ्नै घरमा बुढोसंगै प्रेमीलाई पनि राख्नपाउँ भन्दै जब महिला, प्रहरी कार्यालय पुगेपछि…

संसारमा अनौठा घटना सुनिन्छ जसले मानिसलाई पत्यार लाग्दैन । श्रीमान श्रीमतीबीचको सम्बन्धमा कोही तेस्रो ब्यक्तिको प्रवेश भयो भने त्यो सम्बन्ध विग्रन्छ । तर यहाँ त एक महिला श्रीमानको घरमा श्रीमानसंगै प्रेमीलाई पनि राख्नपाउँ भन्दै प्रहरी कार्यालय पुगेको घटनाले सबैलाई चकित बनाएको छ । यो घटना भारत इन्दोरको हो । जब उनले इन्दोर प्रहरी कार्यालय पुगेर आफ्ना कुरा राखिन् उनको कुरा सुनेर प्रहरीपनि अलमलमा परे ।

वास्तवमा प्रहरी कार्यालयमा पुगेकी महिलाले आफु विवाहीत भएको र पतिको साथै प्रेमीलाई पनि सँगै घरमा राख्न चाहेको प्रहरीलाई बताइन् । महिलाको कुरा सुनेर प्रहरी आश्चर्य चकित परे । तर यस्तो समस्या कसरी सुल्झाउने ? प्रहरीलाई पनि समस्या परेको थियो । ती महिलाले पतिले आफुलाई कु ट पि ट गर्ने गरेको समेत बताइन् ।

महिलाको कुरा सुनेर प्रहरीले उनका प्रेमी र श्रीमान दुवै जनालाई बोलायो । अझ उदेक लाग्दो कुरा त के भने प्रेमी पनि आफ्नो प्रेमिकाको घरमा बस्न चाहन्थे । प्रेमीले स्विकार गरेपछि महिलाको पतिलाई पनि प्रहरीले उनको इच्छा जान्न चाहे । तर पति भने यो कुरा मान्न तयार थिएनन् । पति नमानेपछि महिलालाई प्रहरीले धेरै सम्झाउदा कोशिश गर्यो तर उनी आफ्नो माग छोड्न तयार भइनन् ।

महिलाका पतिले प्रहरीसमक्ष आफ्नो श्रीमतीले पर पुरुषसँग हात समातेको देखेपछि कु ट पि ट गर्न थालेको बताएका छन् । तीनै जनाको कुरा सुनेपछि प्रहरीले महिलाको प्रेमीलाई सम्झायो । प्रेमी सम्झिएपछि अबदेखि कहिल्यै प्रेमिकालाई नभेट्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति February 17, 2021

प्रतिकृया दिनुहोस