पाचौं पटक जोडि बाँध्दै अक्षय कुमार र ज्याकलीन

सूचना दैनिक

पाचौं पटक जोडि बाँध्दै अक्षय कुमार र ज्याकलीन

बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार । एकपछी अर्को फिल्ममा व्यस्त भइरहने अक्षय कुमार पछिल्लो समयका बलिउडकै महंगा अभिनेता हुन् ।

कोरोना महामारी अघिका उनका हरेक फिल्मले १०० करोड भन्दा बढीको ब्यापार गरेर रेकर्ड पनि राखेको थिए। अहिले उनी फिल्म रामसेतुलाई लिएर चर्चामा छन् ।

यस फिल्ममा अक्षयसँग अभिनेत्री ज्याकलीन फर्नान्डीज देखिने भएका छन्। यस फिल्मको अफिसियल अनाउन्समेण्ट भने भएको छैन ।

यस फिल्म अयोध्या र उत्तर प्रदेशका विभिन्न स्थानमा शूटिंग हुने बताइएको छ । यस फिल्ममा दुवै एक साथ अभिनय गरेमा उनीहरुको यो पाचौं फिल्म हुनेछ । यसअघिका फिल्ममा पनि अक्षय र ज्याकलीनको जोडी दर्शकले निकै रुचाएका थिए ।

प्रकाशित मिति February 17, 2021

प्रतिकृया दिनुहोस