इन्दिरालाई उनका प्रेमीले २ बर्षदेखि मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् ।

गायिका इन्दिरा जोशीले केही समय अगाडि कुरा गर्दै आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताएकी थिइन् । केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताएपनि उनी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ ।

इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।

 

 

प्रकाशित मिति February 18, 2021

प्रतिकृया दिनुहोस