पल साहविरुद्ध प्रहरीमा उऽजुरी, कुट,पिट गरेको आरोप

नायक पल साहविरुद्ध प्रहरीमा उऽजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुट,पिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उऽजुरी दिएका हुन् ।

प्रधानको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आ,क्रमण गरेको प्रधानको दाबी छ ।

कुट,पिट अघि दुव्य,र्वहार गरेका साहले होटलमा खाना खाइरहेको बेला ८-१० जनाको टोली नै बोलाएको प्रधानले बताए । ‘कार्यक्रमका विषयमा छलफल गर्दा उनले दुव्र्यऽवहार गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८-१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । साहको निर्देशनमा जोसीऽले आक्रमण गरे ।’

आफूमाथि आक्रऽमण भएपछि उजुरी गरेको उनले बताए । ‘म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो, लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ,’ उनले भने ‘तर ममाथि नै आक्रऽमण भएपछि उजुऽरी दिए ।’

साहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए ।

प्रकाशित मिति February 25, 2021

प्रतिकृया दिनुहोस