सासूलाई नदेखाउन पोस्टर हटाउने अभिनेत्री

पुराना हिन्दी फिल्मकी चर्चित अभिनेत्री शर्मिला टैगोर निकै सफल मानिन्छिन् । अभिनेता शेफ अली खान र अभिनेत्री सोहा अलि खानकी आमा शर्मिला आफ्नो जमानामा निकै हिट मानिन्थिन् ।

शर्मिलाले कश्मीर की कली, वक्त, आराधना, आमने सामने जस्ता सुपर हिट फिल्ममा आफ्नो अभिनयमार्फत दर्शकको मन जितेकी थिइन् । उनको विवाह मंसूर अली खान पटौदीसंग भएको थियो । विवाहपछि शर्मिलाको चर्चा झन् हुन थाल्यो । कारण मंसूर अलि पटौदीका राजकुमार थिए ।

शर्मिलाले एक फिल्मका क्रममा गरेको हट स्विमसूटका कारण निकै चर्चामा थिइन् । सन् १९६७ मा आएको फिल्म एन ईवनिङ इन पेरिस’मा शर्मिलाले स्विमसूटमा फोटो सुट गराएकी थिइन् । यस्तो गर्ने उनी पहिलो भारतीय अभिनेत्री थिइन् ।

एन ईवनिंग इन पेरिस’ रिलिजताका शर्मिलाको एक प्रसङ्ग निकै चर्चित रह्यो । शर्मिला र मंसूर रिलेशनशिपमा थिए । मंसूरकी आमा शर्मिला भेट्न मुम्बई आउँदै थिइन् । तर मुम्बई भरी उनको स्विमसूटयुक्त फिल्मको पोस्टर टाँसिएको थियो । जसमा शर्मिलाले डराएर मंसुरकि आमा नआउँदै पोस्टर हटाउन प्रोड्यूसरलाई आग्रह गरिन् । र उनको सबै पोस्टर रातारात हटाइएको थियो ।

स्विमसूट अगावै शर्मिलाले बोल्ड अवतारमा फिल्म फेयर म्यागेजिनमा समेत टू पिस बिकिनी लगाएर फोटो सुट गरेकी थिइन् ।

प्रकाशित मिति February 28, 2021

प्रतिकृया दिनुहोस