बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेत विरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेत विरुद्ध विद्युतीय कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।

काठमाडौं प्रहरी परिसर टेकुका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । यद्यपि त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ ।

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बताएनन् । यद्यपि साइबर अपराधमा मुद्दा अघि बढाइएको उनले स्वीकारे । भन्छन् ‘बिहीबार साइबर अपराध सम्बन्धी कसुरमा कारबाहीका लागि ५ दिन म्याद थप गरिएको छ ।’ जिल्ला अदालत काठमाडौंले कार्की विरुद्ध अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *