केही दिन अघि विवाह गरेकी चर्चित गायिका अञ्जु पन्तको विवाह पछिको भिडियो सार्वजनिक भएको छ । उनी वैवाहिक जिवन खुसीसाथ रमाइरहेकी छन् भन्ने प्रमाण उनका भिडियोले देखाउँछ ।

टिकटकमा उनी श्रीमानसंग खुसी साटेको देख्न सकिन्छ । हालै उनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा श्रीमान थीर कोइरालासंग उनी संगै भाँडा माझिरहेकी छन् । उनले क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन्।

एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरे पछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्वजनिक भएका छन् । उनका प्रेमी थिर कोइरालासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्वजनिक गरेकी छन्।

र यो पनि हेर्नुहोस्

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिवाह गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।

थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् । तर प्रेमका बिषयमा भने केहि खुलाएकी थिइनन् ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् । अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइनल गरिएको थियो । माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन नसकेको वुझिएको छ ।

नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् । अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी । व्यक्तिगत जीवन जति उतारचढावयुक्त भए पनि सांगीतिक करिअरमा भने अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *