बेपत्ता बिना, नारायणी नदी किनारमा बुद्धको मुर्ती तिर जादै गरेको cctv मा देखियो , त्यसपछि

असार १४ गतेदेखि वेपत्ता विना सापकोटाबारे थप जानकारी आएको छ । विनाकै बुबाको अनुसार सोही दिन राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीकिनारमा थिइन् ।

उनी गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत थिइन्। सापकोटा परिवार ११ वर्षअघि स्याङ्जाको पुतलीबजार नगरपालिका ठूलीबेंसीबाट गैंडाकोट बसाइ सरेको हो। केही वर्षअघिसम्म साइकल मर्मत पसल राखेका थिए। कोरोना महामारी चलेपछि गत वर्षदेखि खाजा पसल गरेका थिए। दुई छोरीमध्ये बिना कान्छी हुन्। बिनाका ११ वर्षका एक भाइ छन्। ठूली छोरीको विवाह भइकेको छ।

बिनाको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा छोरी खोजी पाऊँ भनी निवेदन दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले घटनाको अनुसन्धान भइरहे पनि नयाँ कुरा फेला नपरेको बताए। ‘अनुसन्धानको क्रममै छ। बिनाका बुवा सम्पर्कमा हुनुहुन्छ। उहाँसँग समन्वय गर्ने खोज्ने काम भइरहेको छ’, डीएसपी थापाले भने, ‘थप नयाँ कुरा खुलेको छैन। हामी बुझ्ने क्रममै छौं।’

असार १४ गतेदेखि बेपत्ता भएकी गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा (बायाँ) र छोरीको फोटो देखाएर खोजिदिन आग्रह गर्दै आमा रीता सापकोटा र बुवा जायश्वर सापकोटा।

प्रहरीले बिनाका प्रेमी भनिएका प्रवेशलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। उनको साथबाट बरामद गरिएको बिनाको मोबाइलको स्क्रिन फुटेको छ। बिनाको परिवारका सदस्य प्रवेशसँगै अर्की युवतीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरे पत्ता लाग्ने बताउँछन्।

उनी नारायणी नदिको किनारमा रहेको बुद्धको मुर्ती तिर हतार हतार मानसिकताबाट गएको नारायनगढको बजार तिरको सिसिटिभीमा कैद भएको भेटिएको छ।

प्रकाशित मिति July 18, 2021

प्रतिकृया दिनुहोस