अभिनेत्री पुनम पाण्डले भनिन्, ‘राज कुन्द्रा संग काम गर्नु मेरो ठुलो गल्ती थियो’

अभिनेत्री पुनम पाण्डेले राज कुन्द्रा माथि गंभीर आरोप लगाएकी छिन् । उनले राज कुन्द्रा संग काम गर्नु उनको आफ्नो जिन्दगीको सबैभन्दा ठुलो गल्ती भएको बताएकी छिन् । पुनम पाण्डेले राज कुन्द्रा तथा उनी संग जोडिएका ब्यक्तिहरुलाई जाली, चोर तथा फोन नम्बर लीक गर्ने फटाहाको आरोप लगाएकी छिन् ।

पुनमले एक अन्र्तबार्तामा भनेकी छिन्– जब मैले उनीहरु संग एमओयु साईन गरेको थिए । जो कि मात्र १ महिना चलेको थियो । यो पुरा थाहा थियो कि उनीहरु चीटिंग गरिरहेका थिए तथा एकदमै अब्यवसायीक रहेका थिए । मैले तुरुन्तै आफ्नो संझौता लाई खत्तम गरिदिएको थिए । उनीहरु संग ब्यवसायीक सम्बन्ध बिस्तार गर्नु मेरो जिन्दगीको सबैभन्दा ठुलो गल्ती थियो । उनीहरु सबै जाली छन् ।

मेरो जिन्दगी एक खुल्ला किताब जस्तै थियो तर यसपछि म एकदमै ट्रमामा पुगे जत्तिकै भए । म आफैलाई प्रश्न गर्छु कि आफ्नो पासवर्ड तथा निजी डिटेल्स उनको टीम संग शेयर किन गरे । राज कुन्द्रा पोर्नाेग्राफी केसमा गिरफ्तार भएका छन् । उनलाई आजको फैसला अनुसार २७ जुलाई सम्म जेलमै राखेर अनुषन्धान गर्न अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति July 24, 2021

प्रतिकृया दिनुहोस