अन्जु पन्तलाई थिर कोइरालाले जुरुक्क उचालेपछी सामाजिक संजाल तातियो, फेरी एकाएक चर्चामा – हेर्नुहोस

चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिएसगै चर्चा सकिएको छ । अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्न गरेकि हुन् । तपाईंलाई जानकारी गराउ कि यो उनको दोस्रो विवाह हो । उनले छोरी परितोशिकाको अनुरोधका कारण विवाह गर्न लागेको स्रोतको दावी गर्दै आएको छ । परितोशिकाले केही अन्तरवार्ताहरुमा आफुले आमालाई दोस्रो विहेका लागि अनुरोध गरेको कुरा बताउँदै आएकी थिइन् ।

गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । यद्यपि गायिका पन्त स्वयंमले आफ्नो विवाहका बारेमा भने पछिल्लो केही समय अवदिभरि केही पनि बताएकी थिइनन् तर पछिल्लो समय भने खुलमखुल्ला नै जिकिर गर्दै आएकि थिइन र नभन्दै बैवाहिक गाठोमा बाधिए पनि। कामको कुरा गर्दा उनी अहिले नेपाल टेलिभिजनबाट प्रशारण हुने वाईवाई नेपाल स्टारमा निर्णायकको रुपमा रहेकी छिन् ।

संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गरेकि हुन् । इलामका थिर कोइरालासँग उनको बिहे भएको हो । उनी एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । थिर कोइरालाले आफूहरु एक वर्षदेखि प्रेममा रहेको बताएका छन । उनले भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाह हुँदै थियो ।

तर बजारमा हल्ला भएपछि दबाब भने भएको छ ´ थिरले बताएका थिए नभन्दै त्यो चर्चा र हलेला बास्तबिकतामा परिणत हुन पनि समय लागेन । थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि उनीहरु नजिकिएका हुन । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले सेयर गरेको देखिन्छ ।

अहिले भने बिवाह पछि अन्जु पन्त र थिर कोइराला विभिन्न ठाउमा गएर रमाइलो गरिरहेका भिडियोहरु र उनिहरुको अथाहा प्रेम दर्शिने क्रियाकलाप सगै सधैनै मिडियामा छाइनै राख्छन् । हो त्यस्तै नै भयो अहिले थिरले अन्जु पन्तलाई उचालेको भिडियोले अहिले सामाजिक संजाल तताईरहेको छ ।

प्रकाशित मिति July 24, 2021

प्रतिकृया दिनुहोस