डान्स मात्र होईन स्टाईल र बोल्ड छिन् आश्मा, हेरौ १३ तस्बिरहरू

आश्मा विश्वकर्मा नेपालको एक मात्र बि-गर्लिङ गर्ने युवती हुन् । उनले छोटो समयमै दर्शकहरुको मन जितेकी छन् । कार्टुन्ज क्रु मेम्बर आश्माका हरेक भिडियोहरु दर्शकले खोजी खोजी हेर्ने गरेका छन् । सुन्दर डान्सर र सुन्दर मुहारका कारण निकै चर्चामा छिन् ।

कहिले काँही नदेखेको सपना पनि पुरा हुन्छ भनेजस्तै धेरै मानिसहरुले पनि नसोचेको सफलताहरु प्राप्त गर्छन । आफ्नो काम प्रतिको लगनशिलता र धैर्यताले मानिसलाई सफलताको शिखरमा पुर्याउँछ ।

यस्तै भएको छ, अहिलेकी हिट डान्सर आश्मा विश्वकर्मा को जीवनमा पनि । उनी शुरुमा सामान्य डान्सर थिईन् । नृत्यमा एमदमै मन जाने भएकीले उनले आफ्नो पढाईलाई भन्दा बढि नृत्यमा मन राख्थिईन् ।

आस्मा शुरुमा कार्टुन्ज क्रुमा आउँदा केही असहज महशुस गर्थिन । किनभने कार्टुन्ज क्रुमा उनी एक्ली केटी थिईन तर, क्रमशः टिम लिडर सरोज अधिकारीको नेतृत्व क्षमताले अत्यन्तै सहज बनाउँदै लग्यो । अहिले त उनी क्रुकी खम्बा बनिसकेकी छिन् ।

लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्मालाई ग्रुपमा सबैले माया गर्छन् । उनी डान्स, टिम र परिवारसँग असाध्यै रमाउछिन ।

सरोज अधिकारी लगायतका सबै साथीहरूले उनलाई कार्टुन्ज क्रुकी रानी भएको बताउँछन् । आश्माले आफ्नो डान्स मार्फत सबै नेपालीको मनमा बस्न सफल भएकी छिन्। उनको नृत्य त सुन्दर छ नै साथै उनी राम्री पनि उत्तिकै छिन्।

आश्मा नेपालकी पहिलो बी र्गल हुन्। उनी अहिले निकै लोकप्रिय भएकी छिन्। नृत्य सिक्न कलाकेन्द्रमा प्रशिक्षण लिएदेखीनै उनले नृत्यमा केही गर्ने सपना देखिसकेकी थिईन् ।

नृत्य क्षेत्रमा भविष्य खोजेकी उनले नृत्यमा मात्र नभई अहिले कलाकारितामा पनि राम्रो स्थान प्राप्त गरेकी छिन् । शुरुमा सामान्य डान्सरबाट करिअर थालेकी उनले कार्टुन क्रुजसँग सहकार्य गरेदेखी नृत्यमा प्रगति गर्न थालेकी हुन् ।

आश्मा विश्वकर्मालाई युटुबमा सर्वाधिक रुचाइएको छ । द कार्टुन क्रु कि सदस्य समेत रहेकी आश्माको डान्सको फ्यान त विश्वभर नै छन् । उनले अभिनय गरेका गीतको भिडियोलाई लाखौ भ्यूज मिल्ने गरेको छ । आश्मा म्यूजिक भिडियोसँगै वेव सिरिजमा पनि रमाउने गर्छिन् ।

नेपालका कुनैपनि अभिनेत्रीको त्यस्तो छैन । तर युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’की एक मात्र महिला मेम्बर हुन् आश्मा विश्वकर्मा ।

तर, आश्माले अहिलेसम्म आफूलाई चलचित्रको दुनियाँमा प्रवेश गराउन पाएकी छैनन् । आश्मालाई चलचित्रमा काम गर्ने रुची त छ, तर भनेजस्तो कथा नआएकाले काम नगरेको तर्क उनले गरिन् ।

आश्माका लागि नेपाली चलचित्रका निर्माताले अफर नगरेका होइनन् । तर, आश्मा चलचित्र खेल्नका लागि सबै कुरा मिल्नुपर्ने बताउँछिन् । आश्माको डान्सको फ्यानहरुले उनलाई चलचित्रमा पनि हेर्न चाहेका छन् ।

आफूले सोचेको र चाहेको कुरा गर्न पाइयो भने जीवन यसै रमाइलो हुने बताउने उनी मोबाइल, लिपिस्टिक र कम्प्याक्ट पाउनि कहिल्यै छुटाउदिनन ।

नृत्यमा मात्र हैन आश्माले वेभ सिरिज २१ फर्ष्ट लभमा मूख्य भुमिका निर्वाह गरेकी छिन् । यसो त केही समय अघि उनले मूख्य अभिनय गरेको वेभ सिरिज यु एण्ड आई को ट्रेलर पनि सार्वजनिक गरिएको छ । यसरी आश्मा सामान्य डान्सरदेखी कार्टुन क्रुजको स्टार सम्म बन्न सफल भएकी हुन् ।

प्रकाशित मिति August 28, 2021

प्रतिकृया दिनुहोस