महँगा गाडी चढ्ने ११ नेपाली नायिकाः कसको कारको मूल्य कती ?

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रका थुप्रै नायक नायिकाहरू गाडीचढेर हिँड्ने गर्छन् । फिल्म उद्योगमा आफ्नै सवारीसाधन नभएका कलाकार भेट्न मुस्किल पर्ने गर्छ ।

पछिल्लो समय आफ्नै कार भएका हिरो–हिरोइन, गायक–गायिका तथा मोडल । फिल्म, मोडलिङ, विदेश प्रोग्राम, स्वेदश प्रोग्राम तथा म्युजिक भिडियोबाट समेत मनग्गे आम्दानी हुने भएकाले अलिकति चलायमान कलाकारलाई महँगो जीवनशैली व्यतित गर्न थालेका छन् ।

आज हामि चर्चित महिला कलाकारहरु कस्तो गाडी चढ्छन् त यसबारे चर्चा गर्दैछाै

पूजा शर्मा

सिनेमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेकी अभिनेत्री पूजा शर्मा इको स्पोट नामक कार चढ्दै आएकी छिन् । पूजाको यो कारको मूल्य ३४ लाख पर्छ ।

प्रियंका कार्की

केहि समय अगाडी अघि मात्रै आयुष्मान देशराज जोशीसंग बिवाह गरेकी प्रियंका कार्की दर्शकहरुले एकदमै रुचाएइकी अभिनेत्री हुन् । उनि साढे तेत्तीस लाख मूल्य बराबरको टाटाको जेस्ट र असी लाख भन्दा धेरै मूल्य पर्ने हुन्डाईको टक्सन गाडी चढ्छिन । उनि विशेष काम पर्दा मात्र टक्सन गाडीमा हिड्ने गर्छिन । भने पछिल्लो समय उनले डस्टर गाडी पनि खरिद गरेकी छन् ।

दिपाश्री निरौला

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले हुन्डाईको आई ट्वेन्टी एक्टिभ चढ्न थालेकी छन् । ‘छक्का पञ्जा’को सफलतापछि दीपाश्री निरौलालाई टिमले उपहारस्वरुप यो कार दिएको थियो । दीपाले किनेको हुन्डाईको आई ट्वेन्टी एक्टिभलाई ४० देखि ४२ लाख पर्छ । यस अघि दीपा सिल्भर कलरको सेन्ट्रो चढ्दै आएकी थिइन् । यतिबेला उनी सिनेमा‘छक्का पञ्जा ३’को छायाकंनमा छिन् ।

एलिजा गौतम

पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी अभिनेत्री तथा मोडल एलिजा गौतम यतिबेला सुजुकीको ब्रेजा गाडी चढ्छिन् । यो गाडी उनको बुबाले किनिदिएका हुन् । अहिले यो गाडीको मूल्य ४१ लाख भन्दा माथी छ । ब्रेजाको पिकअप, हाइट, लुक्स राम्रो लाग्ने उनी बताउँछिन् ।

रेखा थापा

कुनै समयकी चर्चित नायिका रेखा थापा पनि गाडीहरु फेरी फेरि चढ्ने कलाकार हुन् । अहिले उनि ५९ लाख मूल्य पर्ने डाइसात्सुको तेरियस गाडी चढ़छिन । उनि समय समयमा गाडी फेरेर चढ्छिन् ।

शिल्पा पोखरेल

शिल्पाले भक्स वागेनको पोलो १।१ किनेकी छन् जसको नेपाली बजार मूल्य ३३ लाख पर्छ । शिल्पाले पनि आफ्नै कमाईले यो कार किनेकी हुन् । म्युजिक भिडियो हुँदै सिनेमामा आएकी शिल्पा पछिल्लो समयपनि ब्यस्त नै छन् ।

करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धर निसानको किक गाडी चढ्छिन् । उनले यो गाडी १ वर्ष पहिले खरिद गरेकी हुन् । ड्राइभिङमा सौखिन रहेकी मानन्धरले यो गाडी किनेपछि काठमाडौंदेखि पोखरासम्मको लामो यात्रा गरेकी छिन् । उनले यसअघि हुन्डाई आइ टेन र हुन्डाई आइ ट्वान्टी चढेकी थिइन् ।

अहिले चढिरहेको किकको लुक्स, लक्जरियस, भित्री डेकोरेसन मनपर्ने उनी बताउँछिन् । साथै, उनको बसाई गोदावरी भएकाले बाटोका कारण पनि किक सहज भएको उनको अनुभव छ । यसको मूल्य ४८ लाख भन्दा बढी पर्छ ।

वर्षा शिवाकोटी

चर्चित हिरोइन वर्षा सिवाकोटी पनि कारधनी भएकी छिन् । उनले होन्डा सिटी कार किनेकी हुन् । कार किन्नुअघि उनी स्कुटरमा कुद्ने गर्थिन् । सहज जीवनशैली अपनाउन कार किनेको उनी बताउँछिन् । यो कारको मूल्य ५३ लाख भन्दा माथि पर्छ।

कोमल वली

कुनै बेलाको चर्चित समाचार वाचिका देखि गायिका नायिका र अहिले राजनीतिमा समेत सक्रिय कलाकार हुन् कोमल ओली | ओलीसँग ४ वर्षअघि खरिद गरिएको हुन्डाईको i-10 कार छ । अहिले यो गाडीको मूल्य ३० लाख भन्दा माथी छ ।

झरना थापा

अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाले आफैँ कार चलाउन थालेको त झन्डै डेढ दशक पुग्न लाग्यो । सुरुमा टोयटा कार कुदाउने गरेकी उनले त्यसपछि पेरेडुवा चढिन् । वेलावेलामा गाडी फेरिरहन मन लाग्छ । झरना पछिल्लो समय टेरियस चढ्छिन् ।

श्वेता खड्का

श्वेता खड्का धेरै गाडी फेर्ने नायिकामा पर्छिन् । उनले सबैभन्दा सुरूमा i-10 गाडी चढ्थिइन् । उनले अहिले छैटाैँ गाडीको रूपमा १ करोड हाराहारीको नयाँ गाडी चढ्ने गरेकी छन ।

प्रकाशित मिति September 2, 2021

प्रतिकृया दिनुहोस