जानिराखौँ, भुटेको मकै खानुका ८ फाइदा - Suchana Daily

जानिराखौँ, भुटेको मकै खानुका ८ फाइदा

Loading...
admin | अन्तिम पटक अपडेट गरिएको : December 2nd, 2019,

तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छौँ होला। भुटेको मकैको स्वास्थ्यमा विशेष फाइदा गर्छ। यी हुन भुटेका मकैका फाईदाः

१. भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन्।

२. भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ।

३. यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ। यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ।

४. भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ।

५. यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ। मुटु रोगको खतराबाट बचाउँछ।

६. भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस। यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ।

७. भुटेको वा पोलेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ।

८. भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ। मकै खादा दात सफा गर्ने र बलियो बनाउछ।

सम्वन्धित समाचार 

भुटेको मकै खाने कि पोलेको ?

मकैका फाइदा

मकै चपाएर खाँदा दाँत बलियो हुन्छ । मकै खाएपछि बाँकी रहने खोयालाई भाँचेर सुँघ्नाले रुघामा राहत मिल्छ ।

मकैको खोयालाई सुकाउने । सुकेपछि पोलेर खरानी बनाउने । यसको खरानी नियमित मनतातो पानीसँग खाँदा साससम्बन्धी रोगमा लाभ मिल्छ । खोकीमा पनि राहत मिल्छ ।

आयुर्वेदले मकैलाई तृप्तिदायक, वातकारक, कफ(पित्तनाशक, मधुर एवं रुचि उत्पादक अन्नको श्रेणीमा राखेको छ । मकैको महत्वपूर्ण विशेषता के छ भने पकाएपछि यसको पौष्टिकतामा थप वृद्धि हुन्छ । पोलेको मकैमा पाइने क्यारोटिनाइड भिटामिन ए को राम्रो स्रोत मानिन्छ ।

मकैका परिकार पकाइसकेपछि त्यसमा हुने एन्टिअक्सिडेन्ट्स ५० प्रतिशतसम्म वृद्धि हुन्छ । यसले उमेर वृद्धिको लक्षण रोक्नुका साथै क्यान्सरसँग लड्नसमेत सहयोग गर्छ । पकाइएको मकैमा फोलिक एसिड हुन्छ जसले क्यान्सजस्ता रोगविरुद्ध लड्न सहयोग गर्छ ।

मकैमा पर्याप्त मात्रामा खनिज तथा भिटामिन पाइन्छ । मकैलाई कोलेस्ट्रोल फाइटर मानिन्छ, यसकारण यो मुटुरोगीका लागिसमेत राम्रो मानिन्छ । बालबालिकाको विकासका लागि मकै फाइदाजनक मानिन्छ । दूधे मकैका गेडालाई पिसेर सिसीमा भरी घाममा राख्ने । त्यसको दूधजति सुकेर उडेपछि तेल बाँकी रहन्छ जसलाई छोर एउा भाँडामा राख्ने । उक्त तेलले गोडा तथा पाइतालामा मालिस गर्दा गोडा बलियो हुन्छ र शिशु छिटै हिँड्न सुरु गर्छ ।

मकैको यस्तो तेल पिउँदा शरीर शक्तिशाली हुन्छ । हरेक दिन एक चम्चा मकैको तेल सर्बतसँग मिसाएर पिउँदा बल बढ्छ । ताजा मकैको गेडालाई पानीमा राम्रोसँग उमालेर त्यसलाई छानेर मिस्रीपानीमा मिसाएर पिउँदा पिसाब पोल्ने तथा मिर्गौलासम्बन्धी समस्या हटाउन सहयोग मिल्छ ।

मकै क्षयरोगीहरूका लागि फाइदाजनक मानिन्छ । टिबीका रोगी तथा टिबी रोग लाग्ने आशंका भएकाहरूले नियमित मकैको रोटी सेवन गर्दा उपचारमा सहयोग पुग्छ । मकैको जुँगा पत्थरीको समस्यामा उपयोगी हुन्छ । मकैको जुँगालाई रातभरि पानीमा भिजाई बिहान छानेर उक्त पानी पिउँदा वा त्यसलाई पानीमा उमालेर काढा बनाएर पिउँदा चमत्कारी फाइदा प्राप्त हुन्छ ।

मकैको पिठोबाट बनेका परिकार कलेजोका लागि पनि राम्रो मानिन्छ । यसमा पर्याप्त फाइबर हुने भएकाले पेट सफा रहन्छ । कब्जियत, पायल्स एवं पेटको क्यान्सर हुने सम्भावना समाप्त हुन्छ ।

मकैको पहेँलो गेडामा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन, कपर तथा फस्फोरस पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । रक्तअल्पता हटाउन पनि मकैले सहयोग गर्छ किनभने यसमा भिटामिन बी तथा फोलिक एसिड हुन्छ ।

छाला चिलाउने समस्यामा मकैको चिल्लोले राहत दिन्छ । साथै मकैको पिठो वा चिल्लोले अनुहर सफा गर्दा छाला मुलायम एवं सुन्दर बन्दछ । मकैमा भिटामिन सी, क्यारोटिनाइड एवं बायोफ्रेलेवनाइड पाइने भएकाले मुटु रोगीका लागि फाइदाजनक हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै रक्तसञ्चार सुचारु बनाउन सहयोग र्पुयाउँछ ।

– फोलिक एसिडको राम्रो स्रोत भएकाले गर्भवतीहरूले मकैको परिकार नियमित सेवन गर्नु लाभदायक हुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु