सागरको घातक बलिङमा हङकङ सस्तो मै समेटियो

सूचना दैनिक
मङ्लबार, असार २४, २०७६

बायाँ हाते स्पिनर सागर ढकालले पाँच विकेट लिएसँगै मलेसियामा जारी यु१९ एसिया कप छनोटको उपाधि जीत्न नेपालले ९६ रनको लक्ष्य पाएको छ । आजको खेलमा जीत निकालेमा नेपालले आगामी अगस्टको अन्तिममा श्रीलंकामा आयोजना हुने यु१९ एसिया कपमा सहभागीता जनाउन पाउने छ ।

हंगकंगको पारी धोस्त परेका सागरले १० ओभर बलिंग गर्दै पाँच मेडनका साथ मात्र १८ रन खर्चिए । नेपालको तर्फबाट पहिलो ओभर नै लिएर आएका उनले शुरुवातको दुई ओभरमा नै दुई विकेट निक्लादै हंगकंगलाई दबाबमा राख्न सफल भएका थिए ।

त्यस्तै किफायती बलिंग गरेका कुशल मल्लले ८.१ ओभरमा पाँच मेडन सहित मात्र चार रन खर्चिएर लिए भने तिलक राज भण्डारीले पनि एक तथा कमल सिंह ऐरीले तीन विकेट ह्हत पारे ।

हंगकंगको तर्फबाट कप्तान अदित गोरावाराले सर्वाधिक २४ रन बनाए भने ओपनर कल्हन मार्क चल्लुले १९ तथा रौनक कपुरले १२ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।