नेपाल उपाधि नजिक, पवन र रितको विस्फोटक ब्याटिङ

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हकङकले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभरमा बिनाविकेट ४४ रन बनाएको छ । नेपालको ओपनिङमा आज पनि रित गौतम र पवन सराफ आएका छन् ।

 

यसअघि मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएका हङकङले ४३.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन बनायो । उसका लागि अदित गोरोवाराले सर्बाधिक २४ रन बनाउनुबोहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा नेपालका सागर ढकालले ५, कमलसिंह ऐरीले ३, कुसल मल्ल र तिलकसिंह भण्डारीले एकएक विकेट लिए ।

प्रकाशित मिति July 9, 2019

प्रतिकृया दिनुहोस