नेपालले मलेसियाविरुद्ध भोलि पहिलो टी-२० खेल खेल्ने

सूचना दैनिक
शुक्रबार, असार २७, २०७६

काठमाडौं । नेपालले मलेसियाविरुद्ध शनिबार र आइतबार टी-२० सिरिज खेल्ने भएको छ।

आगामी साउन ६ देखि सिंगापुरमा हुने टी–२० विश्वकप छनोटको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले अभ्यास खेल खेल्न लागेको हो । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा शनिवार विहान पौने ८ बजे खेल सुरु हुनेछ।

यो खेलपछि नेपाली टिम मलेसियाबाटै साउन ४ गते सिंगापुर जानेछ। उक्त छनोट खेलमा नेपाल कतार, मलेसिया, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेल कतारसँग साउन ७ गते, मलेसियासँऊ साउन ८ गते, कुवेतसँग साउन ११ गते र सिंगापुरसँग साउन १२ गते खेल्नेछ। यो प्रतियोगिताको च्याम्पियन विश्व छनोटमा पुग्नेछ।

टी–२० विश्वकप छनोटका लागि १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। तीमध्ये शीर्ष ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपका लागि छानिनेछन्