रोहित शर्माको लागि अझै सकिएन विश्वकप

विश्वकपको फाइनल अहिले न्यूजिल्याण्ड र इङल्याण्डबीच भइरहेको छ । उपाधिको बलियो दावेदार मानिएको भारत भने सेमिफाइनलबाटै बाहिरिएको छ । टिम सेमिफाइनलबाटै बाहिरिए पनि भारतका ब्याट्सम्यान रोहित शर्माको लागि भने विश्वकप अझै सकिएको छेन । उनी विश्वकपमा एउटा ठूलो उपाधिको दावेदार छन् ।

रोहित शर्मा म्यान अफ द टुर्नामेन्टका बलियो दावेदार हुन् । उनीसँगै डेभिड वार्नर, शाकिब अल हसन, मिचेल स्टार्क, जो रुट, केन विलियमसन र जोफ्रा आर्चर दौडमा छन् । रोहित शर्मा अहिलेसम्म जारी विश्वकपमा सर्वाधिक ६४८ रन बनाउने खेलाडी हुन् । वार्नरको ६४७, रुटको ५४९ र विलियमसनको ५४८ रन छ । वार्नर बाहिरिएसकेका छन् । अरु दुवैले रोहितलाई उछिन्न फाइनलमा शतकीय इनिङ खेल्नुपर्छ ।

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क शीर्षमा छन् । उनले २७ विकेट लिएका छन् । दोसे स्थानमा २० विकेट लिएका बंगलादेशका मुस्तफिजुर रहमान छन् । जोफ्रा आर्चर १९ विकेटसहित तेस्रो स्थानमा छन् । स्टार्कलाई उछिन्न उनले फाइनलमा ९ विकेट लिनुपर्छ । डिसी नेपाल बाट

प्रकाशित मिति July 14, 2019

प्रतिकृया दिनुहोस