भूमाफियाको दाउ भताभुंग: सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश

सूचना दैनिक
बुधबार, साउन १, २०७६

भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट भूमाफियाको डिजाइनमा गुह्येश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गा सरकारी भएको ठहर गरेको हो ।

सर्वोच्चको फैसलासँगै भूमाफियाहरुले गुठीमार्फत मोहीका नाममा ल्याई अर्बौ रुपैँया पर्ने जग्गा हत्याउन गरेको षड्यन्त्र विफल भएको छ ।

पटकपटक सरकारी, माही र गुठीको विवादमा परेको २५ रोपनी ४ अना जग्गा अब सरकारी लगतमा रहनेछ । यो समाचार कान्तिरपुर दैनिकमा छापिएको छ ।

हरेक प्रदेशीको मन छुने बुहारीसँग घण्टौं कुरा गर्ने छोरा हामीसँग किन बोल्दैन परदेशीका बुवाआमाको गुनासो!

किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी हरिमाया (नाम परिवर्तन)का आँखा भरिए ।‘तर आँसु झर्न नपाउँदै पटुकाको फेरले पुछ्नुभयो अनि आफैंले चित्त बुझाउनुभयो ‘सन्चो बिसन्चो थाहा भइहाल्छ त्यही भएर फोन नगरेको होला हरिमायालाई चित्त दुख्नु अस्वभाविक थिएन । ‘किनकी छोरा भनेपनि छोरी भनेपनि एकजना मात्रै थिए ।

आफू ६० टेकिसकेका बेला भएको एउटा सन्तान पनि विदेशीदा हरिमायाको मन त्यतिबेलै कुँडिएको थियो ।‘तर पनि गरिखानलाई रोक्नु पनि त भएन’ हरिमायाले भन्नुभयो ‘।मलेसिया गएको ५ वर्ष भन्दा धेरै भयो । महिनौ हुँदा पनि बोल्न नपाएकी हरिमाया एक पटक बुहारी छोरासँग बोलिरहेका बेला सुन्नलाई नजिक जानुभएको थियो, त्यही निहुँमा बुहारीसँग झगडा पनि पर्यो । बुहारीले चियो गर्न आएको भनेपछि झगडा परेको सुनाउनुभयो हरिमायाले ।

सानीकान्छी (नाम परिवर्तन) छोराको आवाज सुन्नकै लागि भएपनि साँझ अबेला सुत्नुहुन्छ । कारण छोराले बुहारीलाई राति मात्रै फोन गर्छन् । छोरासँग बोल्न नपाएको वर्ष दिन भएपछि उहाँ रातिसम्म सुत्नुहुन्न् । बुहारीले बोलेको आधारमा उहाँ छोरालाई राम्रै रहेछ भन्ने अड्कल काट्नुहुन्छ ।सानीकान्छीका छोरा मलेसिया गएको चार वर्ष भयो । यो चार वर्षमा मा उहाँलाई मुस्किलले चार पाँच पटक मात्रै बोल्न पाउनुभएको छ । त्यसैले कहिले काहिँ उहाँलाई बिहे गरेपछि छोरा पनि बेग्लै हुन्छ की ? अनि मायाँ कम हुन्छ की ? जस्तो लाग्छ । तर उहाँको यो प्रश्नको उत्तर दिने कोही छैन । त्यसैले एक दिन त छोराको मन फर्किएला भन्ने आशामा हुनुहुन्छ ।

हरिमाया र सानीकान्छीको भन्दा फरक छैन निलकण्ठ नगरपालिकाकी फुलकुमारी (नाम परिवर्तन)को व्यथा पनि । उहाँको पनि कतार गएको छोराको फोन दिन बिराएर आउँछ तर बुहारीलाई मात्रै । बुहारीसँग लामै कुरा गर्छन छोराले तर बुवाआमासँग महिनौ बित्दा पनि कुरा हुँदैन ।फेरि उहाँ सानीकान्छीको जस्तो बुहारीसँग बोलेको सुनेर निदाउन सक्नुहुन्न् । ‘छोरोसँग बोल्न नपाउँदा मन पालेर सुत्नै सक्दिन केहि पो भयो की जस्तो लाग्छ । पापी मनै त हो के के सोच्न आउँछ ।’ फुलकुमारीले भन्नुहुन्छ ।‘परदेशमा रहेकाहरुले घरमा रहेका बाआमा सँग बोल्दिए मात्रै पनि हामीलाई लाख हुन्छ’ परदेशीको बुवाआमा गुनासो गर्छन ‘तर उनीहरुले के सोच्छन कुन्नी बोल्न खोज्दैनन् ।

उसले कमाउने त उसकै लागि अनि उसकै परिवारको भविष्यका लागि त हो हामीलाई केही चाहिँदैन तर छोराहरुले यो सोच्दैनन जस्तो लाग्छ ।’सन्चो विसन्चो त बुहारीबाट थाहा पाउँछन उनीहरुले तर आफैंले सुनेको जस्तो नलाग्ने उनीहरुको गुनासो छ। ‘हप्ताको एक दुई पटक समय मिलाएर फोन गरेर बाआमाको हालखबर सोधिदिए मात्रै हामीलाई पुग्थ्यो अरु केही चाहिँदैन’ हरिमाया भन्नुहुन्छ ।त्यसमाथि फोन गर्ने अभिभावकहरुसँग भेट्दा झनै नरमाइलो लाग्ने उनीहरुको भनाइ छ । ‘उनीहरुले आफ्नो छोराछोरीले फोन गरिरहन्छ भन्दा हामीलाई कति नराम्रो हुँदो हो सोच्नुस् त ?’ हरिबहादुर (नाम परिवर्तन) ले दुखेसो पोख्नुभयो ।[]

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी