के के राख्न हुँदैन फ्रिजमा ? जानकारीको लागि सबैले पढ्नु होस र एक सेयर गर्नु होस।

सूचना दैनिक
बुधबार, साउन १, २०७६

एजेन्सी । यतिखेर गर्मी मौसम शुरू भएको छ । हामी अधिकांशको यो बुझाइ यो छ कि फ्रिजमा राखेपछि जुनसुकै चिज पनि ताजा रहिरहन्छ । तर कतिपय यस्ता चिजहरु छन् जुन फ्रिजमा राख्दा उल्टो हानीकारक हुन्छ ।

यी हुन् फ्रिजमा राख्न नहुने कुरा –

१ अण्डा – फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् । अण्डा फ्रिजमा राख्दा यसले कैयन् संक्रमणको खतरा हुन्छ ।

२ पाउरोटी – हामी ब्रेडलाई फ्रिजमा राखेर धेरै दिनसम्म खाने गर्छौ तर ब्रेडलाई फ्रिजमा राख्नाले अत्यधिक सुख्खापन आउने हुनाले हानिकारक हुन्छ ।

३ आलु – फ्रिजमा आलु राख्नाले आलुको स्टार्च सुगरमा परिणत हुन्छ । यसले चाँडै आलुलाई बिगार्ने काम गर्छ

४ कागती- सुन्तला, मौसम कातती,सुन्तला जस्ता फलफुल हरु फ्रिजमा राख्नु हानिकारक मानिन्छ ।

५ अचार – अचारमा भेनेगर अत्यधिक हुन्छ । भेनेगर राखिएको अचार फ्रिजमा राख्नाले फ्रिजमा राखेका अन्य सामान पनि बिग्रने डर हुन्छ

६ लसुन – लसुन यदि फ्रिजमा राखियो भने यसको वास्तविक स्वादमा ह्रास आउँदछ ।

७ केरा – जानी नजानी कहिलेकाँही फलफुलहरु फ्रिजमा राख्ने क्रममा कसै कसैले केरालाई पनि फ्रिजमा राख्ने गर्दछन् जुन बिल्कुल गलत हो । केरालाई फ्रिजमा राख्दा बढी चिसोले कडा हुन्छ लगत्तै बाहिर झिक्नासाथ पानी पानी हुन्छ जुन स्वाद रहित हुन्छ ।

सम्वन्धित समाचार

फ्रिज सफा गर्नुअघि ध्यान दिनैपर्ने कुरा

फ्रिजमा खानेकुरा भण्डारण गरिन्छ, जो आफैमा सफा हुनुपर्छ । यदि फ्रिज सफा भयो भने त्यसमा राखिएको खानेकुरा सफा र स्वच्छ हुन्छ । लामो समयसम्म फ्रेस रहन्छ । तर, फ्रिजको सफाइ निकै सावधानीपूर्वक गर्नुपर्छ ।


१. फ्रिज सफा गर्नका लागि हल्का तातो पानीमा क्लिनिङ एजेन्ट मिलाउनुपर्छ । यस घोलमा सफा मुलायम कपडा भिजाएर फ्रिज सफा गर्नुपर्छ ।

२. फ्रिजमा लागेको कुनैपनि दाग भुलेर पनि चक्कु वा ब्लेडले सफा गर्नु हुँदैन । यसो गर्दा त्यसको पोलिस उप्किने डर हुन्छ ।

३. फ्रिज सफा गरिसकेपछि मुलायम कपडाले पुछ्नुहोस् ताकि फ्रिज राम्ररी सुक्न सकोस् । फ्रिजलाई कहिले पनि पानीले धुने कोसिस गर्नु हुँदैन ।

४. फ्रिजमा हरेक सामग्री ढाकेर राख्नुपर्छ । फ्रिजबाट गन्ध आउँछ भने कागतिको टुक्रा राख्नुपर्छ ।

५. फ्रिजमा कहिले पनि तातो खानेकुरा राख्नु हुँदैन । कुनैपनि तातो खानेकुरा राम्ररी सेलाएपछि मात्र राख्नुपर्छ ।

६. आइस ट्रेलाई कहिले पनि तातो बनाउनु हुँदैन ।

७. फ्रिजमा केरा, प्याज, आलु राख्नु हुँदैन । पनिरलाई फ्रिजमा राख्नुअघि पारदर्शी पोलिथिनमा राख्नुपर्छ ।

८. फ्रिजमा धेरै सामग्रीले भरेर राख्नु हुँदैन । यसले कम्प्रेसरमा अतिरिक्त दवाव हुन्छ ।

९. फ्रिज सफाई गरेको बेला बिद्युतको प्लग हटाउनु पर्छ ।