हेर्दाहेर्दै शिल्पालाई तेस्रोले पनि धोका दियो !

सूचना दैनिक
बिहिबार, साउन २, २०७६

लन्डनमा छँदाखाँदाको करिअर र पढाइ छाडेर शिल्पा मास्के नेपाल आएकी थिइन्। अझ हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’ मा काम गरेको प्रोफाइल पनि थियो। यही कारण सुरु–सुरुमा उनलाई केही मिडियाले हलिउड हिरोइन भन्ने गर्थे। उनको सुरुवात पनि दमदार थियो।नेपालका केही गिनेचुनेका निर्देशकमा पर्ने हेमराज बिसीको मेगा बजेट फिल्म ‘ब्रेकअप’बाट उनको डेब्यू हुँदै थियो। अपोजिटमा थिए, आशिरमान देशराज जोशी। तर, अनमोल केसीको ‘क्याप्टेन’सँग जुध्न आएको फिल्मले लज्जास्पद व्यापार गर्‍यो। शिल्पालाई डेब्यूले नै डुबायो।

यसपछि शिल्पाले खेलिन् ‘कागजपत्र’, जो ‘ब्रेकअप’भन्दा ठीक विपरित जान्राको फिल्म थियो। शिल्पाले काम पनि राम्रै गरेकी थिइन् तर यो फिल्मले पनि गति छाड्यो। बक्स अफिसमा लामो समय टिकेन। यसै बीच शिल्पाको हातमा आइपरेको थियो, ‘सानो मन’।भावानात्मक प्रेमकथा समेटिएको यो फिल्मबाट शिल्पालाई ठूलै आश थियो तर यसले पनि पुरानै फिल्मको बाटो समात्यो। एक त बासी कथा, त्यसमाथि मनसुनको समय। दर्शक हलमा टेकेनन्। हेर्दाहेर्दै शिल्पालाई तेस्रोले पनि धोका दिएको छ।

र यो पनि पढ्नुहोस्

किन चलिनन् शिल्पा मास्के ?

यतिवेला नायिका शिल्पा मास्के चर्चमा छिन् । चर्चाको कारण हो, उनले गरेको टिप्पणी । नेपाली फिल्मसम्बन्धी टिप्पणीले शिल्पा विवादमा फसेकी छिन् । उनले भनेकी थिइन्, ‘चलचित्रमा टिकटक र युटुबमा भाइरल भएकालाई खेलाएर कलाकारिताको अपमान भएको छ ।’ उनको यो भनाइ निकै परिपक्व लाग्छ । तर, उनले खेलेका फिल्म भने एकपछि अर्को फ्लप भएका छन् ।

चलचित्रमा टिकटक र युटुबमा भाइरल भएकालाई खेलाएर कलाकारिताको अपमान भएको छ ।

उनको पछिल्लो फिल्म कागजपत्र रिलिज भएको धेरै भएको छैन । तर, बक्स अफिसमा चम्कन सकेन । उनको डेब्यु फिल्म ‘दि ब्रेकअप’ त कागजपत्र जति पनि चर्चामा रहेन । उनलाई अहिले अभागी अभिनेत्रीको रूपमा हेर्न थालिएको छ । किनभने उनको अभिनय क्षमताअनुसारको फिल्म नपाएको पनि टिप्पणी हुने गरेको छ । उनको तेस्रो फिल्म ‘सानो मन’ रिलिज हुँदैछ । यो फिल्मबाट भने उनले आशा राखेको बताएकी छिन् । तर, दर्शकले साथ दिन्छन् या दिँदैनन् त्यो त रिलिजपछि नै थाहा होला ।