यी ४ समस्या भएका व्यक्तिले भुलेर पनि केरा नखानुहोस्

काठमाडौं । केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । विद्यार्थीको लागि दिनको एउटा केरा खानु आवश्यक छ। यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ। शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ।

डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ। यसमा भएको अमीनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।

यस्ता समस्या भएको बिरामीले केरा खानुहुँदैन ।

१. मोटोपनको समस्या :  यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।

२ .मांशपेशी कम्जोर हुन्छ : यसमा प्रोटिन कम हुन्छ। त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन।

३ . ग्यास्ट्रिकको समस्या हुने व्यक्ती : ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन।

४. टाउको दुख्ने रोग : यसमा थायरेमिन हुन्छ। केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ ।

र यो पनि पढ्नुहोस्

केरा खानुका ११ फाइदा

केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । केरामा मुख्यतया तिनवटा प्राकृतिक सुगर पाइन्छ, सुक्रोज, फ्याक्टोज र ग्लुकोज । त्यसका साथै यसमा प्रसस्त फाइबर समेत पाइन्छ । त्यसकारण केरा निकै तिब्र तथा खपाउ उर्जावर्धक फल हो ।

विभिन्न अध्ययनबाट के पुष्टि भएको छ भने दुइ कोसा केरा खाने हो भने ९० मिनेटसम्म धपेडीयुक्त काम गर्नलाई समेत सरीरमा पर्याप्त उर्जा पुग्छ । विश्वमा खेलाडिहरुको लागि केरा नम्बर वान फल हो । केरा केवल जिउमा शक्तिवर्धक फलको रुपमा मात्र होइन यसले हामीलाई विभिन्न खाले रोगबाट बचाउँछ पनि । जस्तै :-

१. डिप्रेसन-

डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुने तथ्य पछिल्लो अनुसन्धानले देखाएको छ । केरामा टि्रप्टोफ्यान भन्ने तत्व हुन्छ जुन एक प्रकारको प्रोटिन हो र यसलाई मानिसको सरीरले सेरोटोनिनमा बदल्छ । सेरोटोनिन यस्तो तत्व हो जसले सरीरमा आनन्द (रिल्याक्स) पैदा गर्छ, तनाव घटाउँछ, मूड सुधार्छ र खुसी अनुभुति गराउँछ । केरामा भिटामिन बी ६ पनि पाइन्छ जसले सरीरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ र यसले पनि तनावलाई नियन्त्रण गर्न सहयोग पूराउँछ ।

२. रक्तअल्पता तथा उच्च रक्तचाप-

केरामा उच्च मात्रामा फलाम तत्व पाइन्छ जसले रगतमा हेमोग्लोबिन अर्थात् रक्तकणको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउन सहयोग गर्छ । केरामा पर्याप्त मात्रामा पोटासियम लवण पाइन्छ जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

३. मस्तिष्कको क्षमता-

बेलायतको टि्वकेनह्याम विद्यालयका विद्यार्थीमा गरिएको अध्ययनले केराले विद्यार्थीमा स्मरण शक्ति बढाउने तथ्य प्रमाणित गरेको थियो । केरामा पर्याप्त पोटासियम समेत हुने भएकाले यसले जिउलाई बढि सक्रिय बनाउन मद्दत गर्ने र सिकाइका लागि उत्प्रेरित गर्दछ ।

४. कब्जियत-

केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।

५. ह्याङओभर-

कुनै एकोहोरो तथा दिक्क लाग्ने खालको काम गरेपछि, निकै व्यस्त समयबाट उम्किएपछि वा मदिरापान पछि हुने टाउको दुखाइ अर्थात् ह्याङओभरलाई हटाउनका लागि केरा निकै उपयुक्त हो । खासगरी मिल्क सेक -दुध र केराको लेदो) मा मह मिलाएर पिउनाले टाउको दुखाइ कम हुन्छ । साथै यसले पेटलाई शान्त पार्ने, जिउमा घटेको सुगर लेभललाई सन्तुलित बनाउनुका साथै सरीरको पानीलाई पूनःभरण गर्न समेत मद्दत गर्दछ ।

६. छाति पोल्ने-

पेटमा अम्लपना बढेर डकार आउने, अमिलो पानी आउने तथा छाति पोल्ने जस्तो समस्या देखिएमा केराको सेवन उपयोगी हुन्छ । केरामा प्राकृतिक अम्लप्रतिरोधी तत्व हुन्छ ।

७. गर्भावस्थाको वाकवाकी-

गर्भावस्थाका सुरुका दिनहरुमा बिहानपख वाकवाकी आउने तथा वान्ता हुने र जिउ बिमार हुने समस्यासँग जुध्नका लागि केरा निकै उपयोगी हुन्छ । केराले रगतमा चिनीको मात्रा सन्तुलन गर्दछ ।

८. लामखुट्टेले टोकेर दुखेको, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भाग दल्नाले दुखाइ तथा चिल्चिलाहट कम हुन्छ ।

९. स्नायु स्वास्थ्य- केरामा हुने भिटामिन बी का कारण स्नायु प्रणाली स्वस्थ बन्दछ ।

१०. अल्सर- आन्द्रामा घाउ हुने अर्थात् अल्सरका रोगीका लागि समेत केराको सेवन उपयुक्त हुन्छ । यसले पेटको अम्लपना समेत सन्तुलित गराउने भएकाले यो अल्सर तथा ग्यास्ट्राइटिसका रोगीका लागि फाइदाजनक हुन्छ ।

११. जिउको तापक्रम नियन्त्रण-

गर्मी याममा सरीरको आँत सितल पार्नका लागि केराको सेवन निकै उपयोगी हुन्छ । यसले सरीरबाट नष्ट हुने पानी तथा चिनीको भरणपोषण तत्कालै गरिदिन्छ ।

वास्तवमा केरा फलहरु मध्येमा सबैभन्दा उत्तम फल भन्दा फरक पर्दैन । यसमा स्याउमा भन्दा ४ गुणा बढि प्रोटिन, दोब्बर कार्बोहाइड्रेट, तेब्बर फोस्फोरस, पाँच गुणा बढि भिटामिन ए तथा आइरन पाइनुका साथै दोब्बर मात्रामा अन्य भिटामिन तथा लवण पाइन्छ । त्यसकारण भनिन्छ, ‘ए बनना अ डे, किप्स डक्टर अवे ।’

प्रतिकृया दिनुहोस्