मुस्लिम महिला सांसदले सिन्दूर र मंगलसुत्र लगाएपछि…

सूचना दैनिक
बिहिबार, साउन २, २०७६

नयाँ दिल्ली । भारतमा त्रिणमुल पार्टीको तर्फबाट सांसद बनेकी मुस्लिम समुदायकी युवती नुसरत जहाँबारे टिका टिप्पणी हुने क्रम रोकिएको छैन ।

उनले लगाएको सिन्दूर र मंगलसुत्रबारे पनि धेरै आलोचना र समर्थन पनि भयो । ती टिप्पणीको हालै उनले जवाफ दिएकी छन् । संसद बैठकमै मंगलसुत्र र सिन्दूरमा संसद बैठक पुगेकी थिइन् नुसरत । त्यस क्रममा उनको टिप्पणी भएको हो ।

उनले आफ्नो विश्वास र आस्थामाथि प्रश्न नउठाउन भन्दै आलोचकहरुलाई कडा जवाफ दिएकी छन् । व्यवसायी निखिल जैनसँग विवाह गरेकी उनले कस्तो पहिरन लगाउने भन्ने आफ्नो व्यक्तिगत इच्छा भएको भन्दै आलोचनाको जवाफ दिएकी हुन् ।

मुस्लिम सांसद ।

जब कि, नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि मुस्लिम समुदायबाटै उनले आफ्नो धर्मको अपमान गरेको टिप्पणी गरेका थिए । शनिबार भने नुसरतले ट्वीट गर्दै आलोचनाको जवाफ एकैचोटी दिएकी हुन् । उनले लेखेकी छन्, ‘म स्वतन्त्र भारतको प्रतिनिधि हुँ । जुन धर्म, जाति र पन्थबाट पर छ । कट्टरपन्थीहरुको वयानमा ध्यान दिनु भनेको घृणा र हिंसा जन्माउनु हो ।’

नुसरतले भनेकी छन्, ‘म मुस्लिम हुँ र रहनेछु । म के पहिरन लगाउँछु यसमा कसैलाई केही बोल्ने हक छैन ।आस्थाको मतलब विश्वास हो ।’ खासगरी मुस्लिम धर्मगुरुहरुले उनको खरो टिप्पणी गरेका थिए ।

नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि उनले मुस्लिम धर्मको अनादर गरेको उनीहरुको टिप्पणी थियो । २९ वर्षीया सांसद नुसरत जहाँले २५ जुनमा संसदमा सपथ ग्रहण गरेकी थिइन् ।

र यो पनि पढ्नुहोस्

किन बुर्का लगाउछन् मुस्लिम महिला ? रहस्य छ अनौठो

एजेन्सी । संसारको विभिन्न ठाउँहरुमा विभिन्न धर्महरु मान्ने गरिन्छ। विभिन्न धर्म अनुसारको संस्कृति हुने गर्छ भने संस्कृति अनुसारको रहनसहन। धर्ममा पनि पुरुष र महिलाको फरक-फरक संस्कृति साथै रहन सहन रहने गर्छ।

आज हामी मुस्लिम महिलाहरुको रहनसहनको बारेमा चर्चा गर्ने छौं। मुस्लिम धर्ममा महिलाहरुलाई प्राय कुण्ठित गर्ने गरिन्छ भने प्राय मुस्लिम महिलाहरुले बुर्का लगाउने गर्छन्। यो देखेर को-कोहिलाई पनि बुर्का लगाउनुको तथ्य जान्न मन लागिहाल्छ।

कुरान मुस्लिम धर्मको धार्मिक ग्रन्थ हो। बुर्काको विषयमा “कुरान शरीफ”मा विस्तारमा प्रस्ठ पारिएको छ। महिलाको सुन्दरतालाई कुरानमा महिलाको धनको रुपमा वर्णन गर्ने गरिन्छ।

त्यस कारण महिलाको सुन्दरता आफ्नो पतिले बाहेक अन्यले हेर्न नहुने कुरा कुरानमा वर्णन गरिएको छ। मुहार मात्र नभएर खुट्टा,हात सम्म पनि अन्य पुरुषले देख्न नहुने हुँदा बुर्का लगाउइने चलन रही आएको हो।

एक मुस्लिम महिलाले आफ्नो आँखा बाहेक अन्य अंग आफ्नो पत्री बाहेक अन्यलाई देखाउने गर्दैनन्। आफ्नो धार्मिक ग्रन्थ कुरानको आदर मात्र नभई पूर्णरुपमा मान्ने हुँदा मुस्लिम महिलाहरु बुर्का लगाउने गर्छन्।