कालिमाटीमा पहिलो पटक विषादी परीक्षण, तरकारी र फलफूल खान योग्य

सूचना दैनिक
बिहिबार, साउन २, २०७६

काठमाडौं, २ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण सुरु गरेको छ ।

विभागले पहिलो पटक काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको हो । उक्त बजारबाट संकलन गरिएका नमूना परीक्षणबाट कुनै पनि तरकारी तथा फलफूल खानका लागि अयोग्य नभेटिएको विभागले जनाएको छ ।

नमुना स्वरुप संकलन गरिएका ९ वटा उत्पादनमा ३० वटा विषादी परीक्षण गरिएको थियो । सबै उत्पादनमा तोकिएको सरकारी मापदण्डअनुसार नै विषादी प्रयोग भएको पाइएको हो ।

विषादी परीक्षणबाट सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइडापस नामक विषादी प्रयोग भएको पाइएको छ ।

गत शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटीमा भित्रिने तरकारीको नमून संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन निर्देशन दिएसँगै विभाग विषादी परीक्षण सुरु गरेको हो ।

लोक गाएक रामजी खांडले यस्तो बोले छबी र शिल्पाको बारेमा ( भिडियो सहित )

नेपाली लोक गितका चर्चित लोक गाएक रामजि खाडले छवि र शिल्पाको घटनाको बारेमा बोलेका छन। उनले एक अन्तर्वार्तामा अहिलेको जल्दो बल्दो घटना छवि र शिल्पाको घरेलु हिंशाको बारेमा बोलेका हुन। रामजी खाड नेपाली लोक गितका नाम चलेका गाएक हुन। रामजी खांडको चर्चित गीतहरु लाखौं दर्शक स्रोताको मनमा बस्न सफल भएका छन।

त्यस्तै अहिले चली रहेको रियालिटी सो नेपाल लोक स्टारका जज समेत रहेका रामजी खाड पहिलो पटक मिडियामा आएर यो घटनाको बिशयमा बोलेका हुन। उनले भनेका छन , हजुरबुबा जस्तो मान्छे संग के आशले बिहे गरेर जानू भयो शिल्पा जि। उनले भनेका छन, केहि स्वार्थ नभई कन शिल्पाले बिहे गरेकी थीइनन होला।

छवी र शिल्पाको घटनाले मिडिया ताती रहेको अवस्थामा अहिले बिभिन्न सेलिब्रेटीहरुले आ आफ्नो धाराणा प्रश्तुत गर्ने क्रम जारि छ। भिभिन्न मिडियामा अन्तर्वार्ताको लागि आएका सेलिब्रेटी लाई कार्यक्रम संचालकले छवी र शिल्पाको बिषयमा प्रश्न सोध्ने गरेका छन। अहिले यो ट्रेन्ड नेपालि मिडियामा देखिन थालेको छ कि , हरेक सेलिब्रेटी लाई छवी र शिल्पाको बिषयमा बोल्न लगाउने गर्छन। हेर्नुहोस छवी र शिल्पाको बिषयमा रामजी खाँडको बोलि।

भिडियो सहित: