भोक नलाग्ने समस्या हटाउन नियमित सेवन गर्नुहोस् रायोको साग, यस्ता छन् अन्य फाइदा

सूचना दैनिक
बिहिबार, साउन २, २०७६

काठमाडौं – रायोको सागमा पाइन्ने भिटामिन ए, सी र के युक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ ।

शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ ।जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।

रायोको साग कति पोषिलो ?

अहिले रायोको साग धेरै पाइने सिजन हो। जाडो याममा सजिलै उपलव्ध हुने, चाँडै पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी धेरैको रोजाइमा पर्ने गर्छ । संसारभरी पाइने अनेकौँ तरकारीमध्ये दोश्रो वढी पोषणयुक्त तरकारीमा पर्छ रायो ।

रायोलाई पकाएर, काँचै वा सिजनिङ गरेर खान सकिन्छ। धेरै पकाउँदा भने यसमा रहेको पोषण तत्व नष्ट हुन सक्छ । रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, बफ आदिबाट बच्न रायो उपयोगी हुन्छ ।

रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले हाम्रो शरीरमा रहने विभिन्न विकारयुक्त बस्तुलाई बाहिर निकाल्छ । रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रिया बलियो बन्छ। यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ ।

रायो मिटामिन सीको पनि राम्रो श्रोत हो। यसले रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ । रायोको साग नियमित खाँदा क्यान्सरको जोखिमलाई कम गर्छ ।