चार बालबालिकाको पोखरीमा डुबेर मृ*त्यु

सूचना दैनिक
शुक्रबार, साउन ३, २०७६

रासस /सिन्ह्वा । भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधबार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृ*त्यु भएको छ । स्थानीय सञ्चार माध्यमले बिहीबार उक्त जानकारी दिएका छन् । खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए ।

यी चार बालबालिका नजिकका आफन्त भएको समाचारमा जनाइएको छ । भियतनाममा बालबालिका डुबेर मर्ने घटनाक्रम एक महामारीको रुपमा रहेको र यहाँ प्रत्येक वर्ष दुई हजारभन्दा बढी बालबालिका डुबेर मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

दक्षिण पूर्वी एशियाका अरु देशको तुलनामा बालबालिका डुबेर मर्ने घटना भियतनाममा १० गुणा बढी हुने गरेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

आज देशका मध्य र पूर्वी पहाडमा बाढीपहिरोको खतरा

काठमाडाैँ, ३ साउन । आज देशका मध्य र पूर्वी पहाडमा बाढीपहिरोको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै मध्य र पूर्वी पहाड क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको विपद् आउन सक्ने उल्लेख गरेकाे हो ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हिजो/अस्तीको तुलनामा आज मध्य र पूर्वी क्षेत्रमा मनसुनी गतिविधि केही सक्रिय हुने भएको हो । उनका अनुसार पहिलजस्तो लगातार झरी नपरे पनि बदली र वर्षा केही बढ्ने सम्भावना छ।

महाशाखाका अनुसरा मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अर्थात् भारतमा अवस्थित छ जसका कारण अहिले देशभर मनसुनी गतिविधि कम सक्रिय छ । तर एक/दुई दिनभित्र त्यो रेखा पुनः नेपाल भित्रिने सम्भावना रहेको मौसविद् कँडेलको भनाइ छ।

यो रेखा भित्रिएपछि पुनः ठूलो वर्षा हुने मौसमविद्को अनुमान छ।