काठमाडौं – चर्चित नायिका शिल्पा पोखरेल र निर्माता छबि ओझा पारिवारिक कलहका कारण चर्चाको शिखरमा छन् । ३ वर्ष अघि गुपचुप रुपमा विबाह गरेको यो जोडी अहिले मिल्छ या छुट्टिन्छ भन्ने कुराको टुंगो लागेको छैन ।
शिल्पाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपनि छवि भने शिल्पालाई अझै पनि घर फर्किन आग्रह गरिरहेका छन् । एक अन्तरवार्तामा छबिको आग्रहलाई स्विकारेर तपाई घर जाने संभावना कति छ भन्दा शिल्पाले अब आँफुले भुलेर पनि त्यो घरमा नजाने ठाडै भनेकी छिन् ।
उनले भनिन् अहिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भएँ भनेर हिँडिरहनु भएको छ। ५५ वर्षको बूढोले लभ गर्ने बेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेर उहाँले किन भन्नुभएन ? अहिले आएर सहानीभूतिका लागि किन बुढो भन्नुरु त्यतिबेलाचाहिँ २०–२५ वर्षको जस्तो व्यवहार गर्नुलाई पनि शिल्पाले छबिको दोस्रो रुप भएको आरोप लगाइन् ।
अग्नी साक्षी राखेर बिहे गरेको मितिबाटै आँफु छबिको पत्नी भइसके पनि छविले दिएको यातनाका कारण आँफु अब उनीसँग सहकार्य गर्न नसक्ने शिल्पाको तर्क छ ।
शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन’
हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् ।
– शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त बाहिर नै ।
– यदी मनलाई आफ्नो वसमा राख्न सकिएन भने यसले तपाईं आफैं विरुद्ध शत्रुको व्यावहार गर्दछ ।
– यदी विश्वासका साथ निरन्तर लागि रहन्छ भने हरेक व्यक्ति जे ऊ चाहन्छ त्यो पाउन सक्छ ।
– मानिस आफ्नो विश्वासद्वारा निर्माण हुन्छ, ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।
– केवल मन मात्र कसैको मित्र वा शत्रु हुन्छ बाँकी सबै भ्रम मात्र हो ।
– नरकका तीन द्वार छन्
– क्रोध, वासना र लोभ ।
– तपाईंलाई कर्मको फलको कुनै इच्छा नै छैन भने कर्मले कुनैपनि हालतमा बाध्न सक्दैन ।
– जसले आफ्नो काममा आनन्द मान्द छ, तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्छन् ।
यो पनि पढ्नुस
अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।
१. तपाईंको मुटु स्वस्थ हुन्छः
अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।
२. तपाईंको पाचनक्रिया बलियो हुन्छः
अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।
३. तपाईंलाई उर्जावान् राख्छः
अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।
४. तपाईंको मृगौला स्वस्थ रहन्छः
अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।
नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।
५. विभिन्न क्यान्सरबाट जोगाउँछः
पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।
६. सास फेर्न सहज बनाउँछः
सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।
प्रकाशित मिति July 19, 2019