शिल्पामाथि खनिए मुकुन्दे: रित्तै आएर सित्तै खाने? छविमाथि अन्याय भयो – भिडियो

सूचना दैनिक
शुक्रबार, साउन ३, २०७६

समसामयिक बिषयमा आफ्नो विचार प्रस्तुत गर्दै सामाजिक संजालमा आलोचना र चर्चामा आइरहने मुकुन्द घिमिरे मुकुन्देले चलचित्र निर्माता छबी ओझा र नायिका शिल्पा पोखरेलको बिषयमा कडा तरिकाले आफ्नो धारणा राखेका छन् | सामाजिक संजालमा मुकुन्देले लेखेको पोस्ट यतिबेला निकै चर्चामा छ | के लेखेका थिए मुकुन्दे ले

के छवि ओझालाई काहिंली स्वास्नीले छोडी भने यो नेपाल राज्य बिभाजन हुन्छ? के अब आकाश उत्तानो पर्छ? के अब धर्ती घोप्टो पर्छ? होइन भने बेकारमा केको हल्लाखल्ला? आफैं स्वास्नीपीडितहरु किन अर्काको सम्बन्धमा पण्डित बनिरहेका छन्? के डिभोर्समा मलामी चाहिन्छ र? के बिहेमा सलामी दिइएको थियो र?

यो संगै एउटा युट्युब च्यानलमा मुकुन्देले शिल्प पोखरेल र छबी ओझाको बिषयमा बोलेका छन् | मुकुन्देले शिल्पा र छविको डिभोर्सको बिषयले सामाजिक संजाल तथा अनलाइन मिडियामा प्राथमिकता पाउनु अनावस्यक भएको बताएका छन् | यो संगै छविकै कारण शिल्पा अहिले यो स्थानमा पुगेको बताउदै उनले घरको सानो तिनो झगडालाई यसरि बढावा दिनुको कुनै औचित्य नभएको बताएका छन् | यो संगै शिल्पालाई रित्तै आएर सित्तैमा खाएको आरोप मुकुन्देको छ |

उत्कर्षमा शिल्पा र छबिको घर झगडा, लभ गर्ने बेला ‘तिमी मेरी छोरी जस्ती किन भननुभएन उहाँले ?

काठमाडौं – चर्चित नायिका शिल्पा पोखरेल र निर्माता छबि ओझा पारिवारिक कलहका कारण चर्चाको शिखरमा छन् । ३ वर्ष अघि गुपचुप रुपमा विबाह गरेको यो जोडी अहिले मिल्छ या छुट्टिन्छ भन्ने कुराको टुंगो लागेको छैन ।

शिल्पाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपनि छवि भने शिल्पालाई अझै पनि घर फर्किन आग्रह गरिरहेका छन् । एक अन्तरवार्तामा छबिको आग्रहलाई स्विकारेर तपाई घर जाने संभावना कति छ भन्दा शिल्पाले अब आँफुले भुलेर पनि त्यो घरमा नजाने ठाडै भनेकी छिन् ।

उनले भनिन् अहिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भएँ भनेर हिँडिरहनु भएको छ। ५५ वर्षको बूढोले लभ गर्ने बेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेर उहाँले किन भन्नुभएन ? अहिले आएर सहानीभूतिका लागि किन बुढो भन्नुरु त्यतिबेलाचाहिँ २०–२५ वर्षको जस्तो व्यवहार गर्नुलाई पनि शिल्पाले छबिको दोस्रो रुप भएको आरोप लगाइन् ।

अग्नी साक्षी राखेर बिहे गरेको मितिबाटै आँफु छबिको पत्नी भइसके पनि छविले दिएको यातनाका कारण आँफु अब उनीसँग सहकार्य गर्न नसक्ने शिल्पाको तर्क छ ।

शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन’

हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् ।

– शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त बाहिर नै ।

– यदी मनलाई आफ्नो वसमा राख्न सकिएन भने यसले तपाईं आफैं विरुद्ध शत्रुको व्यावहार गर्दछ ।

– यदी विश्वासका साथ निरन्तर लागि रहन्छ भने हरेक व्यक्ति जे ऊ चाहन्छ त्यो पाउन सक्छ ।

– मानिस आफ्नो विश्वासद्वारा निर्माण हुन्छ, ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।

– केवल मन मात्र कसैको मित्र वा शत्रु हुन्छ बाँकी सबै भ्रम मात्र हो ।

– नरकका तीन द्वार छन्

– क्रोध, वासना र लोभ ।

– तपाईंलाई कर्मको फलको कुनै इच्छा नै छैन भने कर्मले कुनैपनि हालतमा बाध्न सक्दैन ।

– जसले आफ्नो काममा आनन्द मान्द छ, तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्छन् ।

यो पनि पढ्नुस

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।