मनकारी अक्षय कुमार ! बाढी पीडितका लागि गरे २ करोड आर्थिक सहयोग…

सूचना दैनिक
शुक्रबार, साउन ३, २०७६

काठमाडौं। भर्खरै मात्र धनी कलाकारको लिस्टमा पर्न सफल भएका बलिउडका चर्चित एलं लोकप्रिय नायक अक्षय कुमारले देशप्रतिको आफनो जिम्मेवारी बहन गर्दै आईरहेका छन् ।

उनले देशमा आईपरेका प्राकृतिकदेखि अन्य विपदको समयमा ठुलो आर्थिक सहयोग गरेर उनी लाखौँ करोडौँ मानिसहरुको मन जित्दै आएका छन् ।सोही कारण पनि उनलाई पर्दाको मात्र होईन बास्तविक जीवनमै हिरो भएको भन्दै प्रशंसा पनि गरिन्छ ।

यतिबेला भारी बर्षाको कारण भारतका विभिन्न जिल्लाहरु प्रभावित बनेका छन् भने कयौँ मानिसहरु बिस्थापित पनि भएका छन् । उनै बिस्थापितहरुका लागि अक्षयले फेरी ठुलो आर्थिक सहयोगको घोषणा गरेका छन् ।

बलिउड अभिनेता अक्षय कुमार । फाइल तस्विर ।

उनले बाढी पीडितहरुका लागि २ करोड आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले असम राज्यका बाढी पीडितहरुका लागि २ करोड भारु सहयोगको घोषणा गरेका हुन् ।

उनले ट्वीटरमार्फत उक्त जानकारी दिँदै १ करोड मुख्यमन्त्री राहत कोषमा र अर्काे १ करोड काजीरंगा नेशनल पार्कको रेस्कूयका लागि दान दिने घोषणा गरेका हुन् । यसअघि पनि उनले यस्ता सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।

करिश्मरको पुलवामामा आक्रमण हुँदा पनि उनले शहिद परिवारका लागि ५ करोड र केही समय अगाडी बैशाखमा भारतमा आएको आँधी प्रभावितहरुका लागि पनि एक करोड भारु आर्थिक सहयोग गरेका थिए ।

र हाम्रो देशमा

तराई गएको उच्चस्तरीय सरकारी टोली पीडितलाई नभेटी किन फर्कियो?

काठमाण्डौँबाट गएको उच्च स्तरीय सरकारी टोलीले बुधवार बाढी र डुबानले बढी क्षति पुर्‍याएको प्रदेश नम्बर २ का विभिन्न जिल्लाहरूको भ्रमण तथा अवलोकन गर्‍यो। टोलीमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, अन्य मन्त्री र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आदि नेता तथा उच्च अधिकारी थिए।

त्यस क्रममा उनीहरू अहिलेसम्म सबैभन्दा धेरैले ज्यान गुमाएको जिल्ला रौतहट पनि पुगे।

तर उनीहरूले बाढी र डुबानबाट प्रभावित भएका सर्वसाधारणलाई नभेटीकन हेलकोप्टरबाटै अवलोकन गरे अनि स्थानीय अधिकारीहरूसँग त्यहाँको स्थितिबारे जानकारी लिएका थिए।

रौतहटका कतिपय डुबान पीडितहरूले भने आफूहरूले राहत नपाएको र कोही नेता र जनप्रतिनिधि पनि नआएको गुनासो गरिरहेका बेला टोलीले उनीहरूलाई नभेटेरै फर्किएको हो।

सरकारी टोली किन बाढी पीडितहरूलाई नभेटी फर्कियो त?

रौतहटका प्रमुख जिल्ला अधिकारीले किरण थापाले भने, “टोलीले सुरुमा जाने नै भनेको हो। तर हेलिकोप्टर ल्यान्ड गर्न उपयुक्त छैन भनेर सुरक्षा समितिले भन्यो। त्यही भएर हामीले नै हवाई निरीक्षणका लागि सुझाव दिएका हौँ।”