यदि तपाई कुनै पुरुषलाई आकर्षित गर्न चाहनु हुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

सूचना दैनिक
शुक्रबार, साउन ३, २०७६

मानिसहरु हेर्दा जतिनै राम्रो भए पनि एउटा न एउटा बानि नराम्रो त जसको पनि हुन्छ त्यो चाहे महिला होस् या पुरुष एउटालाई मन पर्ने बानी अर्कोलाई मन पर्छ भने हुदैन । त्यो आआफ्नो रोजाई अनुसारको हुन्छ । अब कतिपय महिलाका बानी पुरुषलाई मन नपर्न सक्छ त्येसैले यदि तपाई कुनै पुरुषलाइ आकर्षित गर्न चाहनु हुन्छ भने सबै भन्दा पहिला यी कुरामा बढी ध्यान दिनुहोस :

भद्दा मेकअप
सबै भन्दा पहिला पुरुषहरुको नजर जाने भनेकै अनुहारमा हो । कतिपय महिलाहरु आफुलाई राम्रो देखियोस भनेर एकदमै भद्दा मेकअप गर्छन जुन पुरुषहरुलाई मन पर्दैन । त्येसैले पुरुषहरुलाइ सिम्पल महिलाहरुनै मनपर्छ ।

रुखो स्वभाव
महिलाहरुको रुखो स्वभाव पुरुषहरुलाई मन नपर्ने बानी हो । पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।

लामो नङ
महिलाहरु नङ लामो बनाउन मन पर्छ तर पुरुषलाई त्यस्तो लामो नङ मन पर्दैन ।त्यसैले नङ ठिक मात्र राख्नुहोस् ।

धेरै परफ्युम लगाउनु
परफ्युमको बास्ना सबैलाई मन पर्छ तर धेरै पर्फ्युम लगाउने महिला पुरुषहरुलाई मन पर्दैन । पुरुषहरुलाई पर्फ्युमको हल्का बास्ना मनपर्ने गर्दछ।

सन्की स्वभाव

सन्की स्वसभावको मान्छे कसलाईपनि मन पर्दैनन् ।महिलाहरुको सन्की स्वभाव पुरुषहरुलाई मन पर्दैन । त्यस्तो सन्किने बानी छ भने त्यो बानी सुधार्नु राम्रो हुन्छ ।

परिवर्तन हुन दबाव दिनु
कतिपय महिलाहरु आफूले भनेजस्तो गरोस् भन्ने चाहन्छन तर आफूलाई राम्रो लाग्छ भन्दैमा त्यहि कुरा अरुलाई मन नपर्न सक्छ । पुरुषलाई व्यक्तित्व र रुप–रंगलाई परिवर्तन गर्ने खोज्ने महिला मन नपर्न पनि सक्छ त्येसैले पुरुषसँग नजिक हुन चाहानुहुन्छ भने उसलाई जबरजस्ती बदल्न नखोज्नुस् ।