काठमाडौं । आफुलाई माता भनेर दावी गर्ने सविताले निर्देशक छबी ओझा र नायीका शिल्पा पोखरेलको सम्बन्धका बारेमा नयाँ खुलासा गरेकी छन् । सबैको भविष्यको बारेमा बताउन सक्ने दावी गर्ने सविता माताले छबी र शिल्पाको सम्बन्ध टिक्न नसक्ने बताइन् । उनले छवी आफ्नो क्षेत्र धनकुटाको आफ्नो छिमेकी भएको बताइन् । उनले आफु पनि महिला भएका हिसावले त्यसरी आरोप लगाउन नहुने भन्दै उनले छवीसंग विवाह गर्ने समय नै राम्रो नभएको बताइन् ।
उनले गर्नै नहुने विवाह गरेका कारण यस्तो भएको बताइन् । उनले आफुले छबी र रेखाका बारेमा पनि यस्तैगरी भविष्यवाणी गरेको बताइन् । रेखाको ग्रहयोग मुलुकको ठूलै ब्यक्ति हुने रहेका कारण त्यस्ता साना कुरामा सामेल हुन नहुने बताइन् । उनले रेखा पुरुषले पनि गर्न नसक्ने काम गर्न सक्ने बताइन् । उनले रेखा र शिल्पालाई तुलना गर्नै नमिल्ने बताइन् ।
उनले शिल्पाको जिवन छबीसंग सफल नहुने ठोकुवा गरिन् । उनले नायीका शिल्पाको भविष्यका बारेमा अहिले केही नबोल्ने बताइन् । उनले अझै एक पटक छबी ओझाको विवाह हुने बताइन् । उनले छबीको नटिक्ने ग्रह भएका कारण यस्तो भएको बताइन् । उनले शिल्पासंग सम्बन्ध विच्छेद भएपनि छबीको फेरी विवाह हुने योग रहेको दावी गरिन् । उनले काम र पेशा मिल्दैमा छबीसंग फेरी विवाह नगर्न अन्य युवतीहरुलाई पनि सुझाव दिएकी छन् ।