हलेसी महादेवबारे पढ्नै पर्ने अचम्मैका तथ्य एक शेयर गर्दै ॐ लेखी भेटी चढाएर पढ्नुहोस्

सूचना दैनिक
शुक्रबार, साउन ३, २०७६

हलेसी महादेव नेपालमा अबस्थित विश्वकै एक प्रसिद्ध किँरात, हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यसलाई त्रि–धार्मिक देवस्थलहरुकोपनि देवस्थल अर्थात किँरात, हिन्दू एवं बौद्ध धर्मालम्बीहरुका जतिपनि देवस्थलहरु छन् उनीहरुकोपनि शीरको रुपमा पुजिन्छ । यो साविकको सगरमाथा अञ्चल अहिले प्रदेश नं. १ को खोटाङ जिल्ला हलेसी तुवाचुङ्ग नगरपालीकामा अवस्थित छ ।

पुरानो सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडा बाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू–बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् ।

हिन्दू धर्म, बौद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान ९शिला०ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ ।

गुफाको भौगोलिक स्वरुप र उत्पति प्रशंग
महादेवस्थान–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाविसको नाम महादेवस्थान रहन गएको हो । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ ।

सो स्थानमा पार्वतीले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंम्वदन्ती छ । यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्तिलगायतका विशेष महत्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् । यहाँ एउटा चट्टानै चट्टानको थुम्को परेको डाँडामा अवस्थित छ । यस थुम्कोलाई कैलाशपर्वत भन्ने गरिन्छ । यो थुम्कोको परिधी झन्डै एक किलोमीटर जति छ र उचाई २०० फिट जति छ । यो थुम्कोमा अर्को एउटा ठूलो गुफा छ । यसलाई बसाहाथान भनेर चिनिन्छ ।

पुरानो धार्मिक मान्यता अनुसार यी दूवै गुफाहरु महादेवले भस्मासुर राक्षस बाट बच्नको लागि खनेका हुन् भन्ने किमवदन्ति छ। भनिन्छ एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेउ खुशी भई वरदान माग भन्दा उनले ुजसको थाप्लोमा म हात राख्छु त्यो चुर्णहोसु भन्ने वरदान मागेछन् । माहादेउले पनि तुरुन्तै तथास्थु भनी वरदान दिएछन् । भस्मासुरले यो वरदान सद्दे छ कि यो हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् । महादेव डरले त्राही त्राही माम भएर भागेछन् । भस्मासुरले पनि छाडेन छन् । महादेव हलेसीको चट्टानै फोडेर जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् ।

बसाहाले युद्ध गरेर भस्मासुरलाई निकैवेर सम्म अलमल्याई दिएपछि । त्यतिन्जेलसम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुइवटा गुफा बनेको प्रशंग आउँदछ । हलेसी महादेव पतालको गुफामा लुकेपछि विष्णुले मोहनी रुपलिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवति आइमाई देखेपछि भस्मासुरले महादेउलाई भुलेछन् र उनकै जस्तो नाँच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएछन्।भष्म भएर रहेको हाडखोर भनी आज पनि च्यास्मि भन्ने गाउँमा भएको कालाकाला चट्टानलाई यहाँका आदिबासीहरु देखाउने गर्दछन् ।

यसरि हुनु को कारण हिन्दूधर्म को श्री स्वस्थानी ब्रत कथा अनुसार सतिदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले एउटा ठुलो महायज्ञ गरे जुन यज्ञमा आफ्नै छोरी सतीदेवीलाई सम्म बोलाएनन र आफ्नो पिताले त्यस यज्ञमा नबोलाईकन पनि गईन । पिताको अपमान सहन नसकी सती देवीले तत्काल यज्ञस्थलमा नैं योगाग्निमा स्वयंलाई लाई भस्म गरिदिइन्। यज्ञमा हामफालेर देह त्यागगरेको शरिरलाई महादेवले लिएर संसार डुलाउने क्रम मा यहाँ सतीदेवी अंगको दाहिने कुहुनो पतन भयो राज गृह पिठ राज ग्रिहे श्वरि देवी उल्का मुखी योगिनी हलेश्वर महादेव उत्पति भई शिब शक्ति सरुप ले रहेको पनि कथा मा पाइन्छ गुफासंग उपलव्ध कथा यस्तै छ ।

जुन गुफाको मुखमा बसाहलाई राखी महादेउ आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ । यो गुफाको मुखमा आज पनि एउटा अजंगको चट्टान छ र यसैलाई बसाहा भनी पूज्ने गरिन्छ । बसाहाथानको गुफा कैलाशपर्वत भनिने थुम्कोको फेदतिरबाट तेर्सो छेंडिएर जाँदै झण्डै १५० फिटमा पुगेपछि अङ्ग्रेजी अक्षरको एल जस्तो ९० डिग्रीको कोणमा ठाढै उठेर छिचोल्दै आकाशमा निस्किएको छ । यसको तेसो्र लम्बाई २२० र ठाडो मुख करिव ९० फिट जति अग्लो छ । यो गुफाको मुखबाट एकै चोटी ८र१० जना सजिलै पस्न सकिन्छ । यसको गर्भ झण्डै ४५ फिट चौडा छ । आकाशतिरको मुख बेसी चौडा छ ।

यस्को कुना काप्चाबाट पानी रसाएका छन् । एक ठाउँमा भित्तामा गाईका थुनहरु जस्तै चुनढुंगाका पग्लँदै गरेका जस्ता चुच्चा आकृतिहरु देखिन्छन् । त्यसबाट चुनमिश्रित चौलेनी रंगको पानी तप्कने गर्दछ चित्र नं १ । भक्तजनहरु त्याहाँ दुध देउमाई’ भन्दै दुध थाप्दछन् । भनाइ छ भाग्यमानीको हातमा दुध चुहिन्छ । नभन्दै केहीका हातमा चौलेनी जस्तो चुनपानी हातमा खस्ने पनि गर्दछ । धर्मभीरु भक्तजन यसलाई कामधेनुको दुध भन्छन् भने भौतिकवादीहरु उता महादेउथानमा महादेउलाई चढाएको दुध रसाएर यता चुहिएको हो भनी अड्कल काट्दछन् ।

महादेवथानको गुफा बसाहाथानको गुफाको आकाशपट्टिको मुख नजिकै नै उत्तरपट्टी खाल्डे आकारमा अवस्थित छ । यसको ७०र८० फीट तल सतहमा मैदान परेको भाग छ । त्यहाँ नै बीचमा प्राकृतिक चोसे आकृतिमा हलेसी महादेव लाई देख्न सकिन्छ छ जसलाई युगौंदेखि भगवान महादेव भनी पूज्ने गरिएको छ । यसको ठीक माथि गुफाको सिलिङ्गमा चुनढुंगा पग्लिंदै गरेको जस्तो घोप्टे चुच्चाहरु छन् जसबाट निरन्तर चौलेनी रंगको पानी तप्किरहेको हुन्छ । माथिका चुच्चाहरुलाई कामधेनुको थुन र पानीलाई उनैका दुध महादेवलाई स्नान गराउन खसेको हो भन्ने किमवदन्ती र जनविश्वास छ ।

मूर्ति वरीपरीका भाग मैदान परेको छ । यसलाई पहिले बाहिरबाट माटो ल्याई पुरेर बनाइएको हुनसक्छ । यस मैदानी मागमा एकै चोटी बीसौं रुद्रीहरु गर्न सकिन्छ । गुफाको सतहसम्म वर्लनको लागि कृतिम १०२ वटा खुड्किलाहरु बनाइएका छन् जो भर्यांग जत्तिकै ठाडो कोणमा छ । गुफाका शिलिङ र भित्ताहरुमा चट्टान पग्लिएर झरेका जस्ता धेरै आकृतिहरु छन् चित्र नं १ । कहीं मूर्तिहरु जस्ता बनेका छन् चित्र नं २ । कहीं माथिबाट चुहिएका भागलाई तलबाट चुलिएका चोसोले छोएर दुलाहरु बनेका छन् चित्र नं ३ । ती मूर्तिहरु जस्ता आकृतिहरुलाई महादेउका परिवार सप्तर्षी नन्दी भृंगी र तेत्तिसकोटी देउताहरु भनेर पूज्ने गरिन्छ भने दुलाहरुलाई पापद्वार धर्मद्वार जन्मद्वार घोप्टेद्वार आदि भनेर पूज्ने र छिर्ने गरिन्छ ।

त्यस्ता द्वारबाट धर्मात्माहरु मात्र छिर्न सक्छन् र पापीहरु अड्कन्छन् भन्ने धार्मिक विश्वास छ । अड्कनेहरुले आफ्नो पापको बारेमा ओकले पछि मात्र छुट्छन् भन्ने भनाई छ । बसाह गुफा महादेव गुफादेखि करिव सय मिटर पश्चिमतिर करिब २ सय २० फिट लामो र ५० फिट चौडाइमा फैलिएको बसाहा गुफा छ । एकैपटकमा सयौं जना मानिस सजिलै भित्र–बाहिर गर्न सकिने यस गुफाबाट करिब २ सय १० फिटभित्र प्रवेश गरेपछि खुला र उज्यालो समथर भूभागमा पुगिन्छ । जहाँ चट्टानको प्वालबाट खुला आकाश देख्न सकिन्छ ।

त्यस ठाउँको पश्चिमी कुनाबाट हात थापेर महादेवसँग दूध माग्ने प्रचलन छ । दूध माग्दा भाग्यमानीको हातमा दूध र अभागीको हातमा पानी झर्ने विश्वास गरिन्छ । त्यस्तै सोही ठाउँदेखि उत्तरी दायाँ कुनामा हात्तीको सुँडमा गणेशको मूर्ति छ । बसाहा गुफामा नन्दी भृंगीको मुर्ति, गौरीशंकर, गोमन सापलगायतका प्राकृतिक मूर्ति पनि छन् । भैरव गुफा महादेव गुफादेखि करिब ३० मिटर पूर्वतिर आकर्षक भैरव गुफा छ । यस गुफाको पनि आफ्नै महत्व र विशेषता छ । महादेवलाई भष्मासुर राक्षसबाट बचाउन पार्वतीको रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ ।

पार्वतीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। इतिहासका अनुसार हलेसी को नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ ।

त्रि–धार्मिक स्थल
किरात हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थलमध्ये एक हो ।ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ । यहाँ बर्सेनि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बुलगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् । अर्कातिर हिन्दू धार्मिक किंम्वदन्तीअनुसार सत्ययुगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे । भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने ।

तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए । त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ । त्यस्तै, बौद्ध धर्मअनुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो । त्यसैले पनि यहाँ बर्सेनि किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् ।

केहि वर्षअघि कच्ची सडक बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवस्थान पुग्न लामिडाँडा विमानस्थलमै ओर्लिनुपर्ने बाध्यता हटेको छ । अब भने धार्मिक तीर्थयात्रीको बाढी नै लाग्ने हलेसी पुग्न पूर्व पश्चिम राज मार्ग हुदै मिर्चैया( कटारी सडक खण्डबाट पनि पुगिन्छ। भने अहिले मध्यपहाडी राजमार्ग बाट नि सिधै जयराम बाहुनीडाँडा कदुवा च्यास्मिटार, बडहरे ,दुर्छिम छापडाँडा हुदै हलेसी महादेव को दर्शन गर्न पुगिन्छ। स्रोत : विभिन्न व्यक्तिसँगको कुराकानी, किंबदन्ती, विश्वज्ञानकोष, अनलाईनहरु

यो पनि पढ्नु होस:-काठमान्डौ , नारायणी नदीमा पानीजहाज सन्चालनको सम्भाव्यतासम्बन्धी पहिलो चरणको अध्ययन सुरु भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले मंगलबारबाट पहिलो चरणको अध्ययन सुरु गरेको हो ।चितवनको दासढुंगादेखि नेपाल–भारत सिमानामा पर्ने गण्डक ब्यारेजसम्म करिब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भइरहेको हो । आवश्यक तथ्यांक संकलन गरिसकेपछि प्रारम्भिक अध्ययन गर्ने र त्यसको आधारमा अर्को वर्ष विस्तृत अध्ययनको काम अघि बढाउने योजना रहेको जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव ऋषिराम शर्माले जानकारी दिए ।

नाप जाँचको सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । दुई दिनको अवधिमा १५ किलोमिटर क्षेत्रमा प्रारम्भिक अध्ययन सकिइसकेको छ । अहिलेसम्म कममा ३ देखि बढीमा १२ मिटरसम्म गहिरो स्थान फेला परेको अध्ययन टोलीले जनाए को छ ।‘सबै अध्ययन सकिइसकेपछि कुन प्रकारको जहाज चलाउने भन्ने टुंगो लाग्ने छ । ठूलो जहाज चलाउने नै भए ड्याम बाध्नुपर्ने पनि हुनसक्छ,’ अध्ययन टोलीमा संलग्न परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका प्रवन्ध निर्देशक अनुप खनालले भने, ‘यद्यपि अहिलेको हाम्रो प्रारम्भिक अध्ययन गहिराइ नाप्ने मात्र हो ।’

नारायणी नदीको गहिराइ नाप्न डीजीपीएस प्रणालीमा चल्ने इको साउन्डर र मोटरबोट जस्ता आधुनिक उपकरणको प्रयोग गरिएको छ ।यो मेसिन यसअघि भेरी बबई बहुउद्देश्यीय परियोजनामा पहिलो पटक प्रयोग गरिएको थियो र सफल पनि भएको थियो।खनालका अनुसार यो अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि हो र यसले गर्ने नापजाँच विश्वासिलो हुन्छ । यो मेसिनलाई डुंगा र्वा याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी वा तालको गहिराइ नाप्न सकिन्छ । नारायणी नदीमा अहिले पानीको बहाव बढेकाले मोटर बोटमा जडान गरेर गहिराइ नाप्ने काम भइरहेको छ ।

अन्य समाचार, लिवर अर्थात् कलेजोको सम्पूर्ण फोहोर वा खराबीलाई एकपटकमै हटाउने यो गोप्य घरेलु औषधी ! लिवर यानिकी कलेजोले हाम्रो शरीरमा एक केमिकल फ्याक्ट्रीले जस्तै काम गर्छ। अर्थात् तपाइँ जत्ति पनि बाहिरको जंक फुड, तेलमा तारेको भोजन, जाँड रक्सी र अनेकौं केमिकलयुक्त औषधी लगायतका पदार्थ खाएपनि यी चिजहरु बाट हुने नकारात्मक प्रभावलाई कलेजोले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। भोजन खाएपछी कलेजोले उक्त भोजनबाट आवश्यक पोषण तत्व ग्रहण गरेर शरीरको दोस्रो भागमा पुर्याउँछ ।समग्रमा हेर्दा शरीरमा हुने हरेक कामको सफलता पुर्वक काम सम्पन्न गर्नको लागि कलेजोको महत्वपूर्ण योगदान रहेको छ। तर यदि यसमा केहि गढबढ भएमा हाम्रो शरीरको सम्पूर्ण प्रणाली नै खराब हुन्छ।

कलेजोमा खराबी आउँदा हेपाटाइटिस, फ्याटी लिवर, लिवर सिरोसिस, अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ।त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० % लिवरको खराबीको बिमारीलाई औषधीले काम गर्दैन। प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ। त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा बनाएको सादा खाना मात्र सेवन गर्नु होस् । खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ।

५/६ दिनसम्म यस्ता खाना हरुको कन्ट्रोल गरेमा लिवरलाई सफा गर्ने घरेलु औषधीले पूर्ण रुपमा काम गर्छ। यो प्रक्रियाको बीचमा १/२ दिन फलफुल मात्र सेवन गर्नु पर्छ।यसो गर्नले लिवरले आराम पाउनुका साथै यसको थकान र कमजोरी कम हुँदै जान्छ। फलफुलमा स्याउ, मेवा, खर्बुजा, तर्बुजा, भुँईकटर, चुकंदर र सुन्तला लगायत सेवन गर्दा एकदम फाइदाजनक हुन्छ।

लिभरको सफा गर्नको लागि ५/६ दिनसम्म यसरी एकदम हलुका र सादा खाना सेवन गर्नु पर्ने हुन्छ । ५/६ दिन पछी आफ्नो नियमित खाना खान सक्नुहुनेछ।अब यो प्रक्रिया ५/६ दिन पुरा गरेपछि लिवरको फोहोर, खराबी वा बिमारीलाई पूर्ण रुपमा हटाउनको लागि अपनाउनु पर्ने घरेलु उपचार विधि: १. यसको लागि चाहिने सामग्रीहरु: लौका, बेसार, कागती, धनियाँ, कालो नुन, गुर्जोको रस। गुर्जोको रस अर्थात् गिलोयको रस जुनसुकै आयुर्वेदिक सप वा सुपरस्टोरमा किन्न सकिन्छ।बनाउने विधि: लौकालाई सानो सानो टुक्रामा काटेर थोरै धनियाँ पातको साथ ब्लेंन्डरमा राखेर जुस बनाउने ।

लगभग एक गिलास जुस बनाउने। अब यो जुसमा एक चम्चा बेसार, एक चम्चा कालो नुन, एक चम्चा कागतीको रस र करिब ३० एमएल गुर्जो अर्थात् गिलोयको जुस मिलाएर मिसाउने। यो ड्रिंकलाई हरेक बिहान खाली पेटमा सेवन गर्ने। यस ड्रिंकलाई लगातार ६/७ दिन सेवन गर्नले लिवरमा हुने सम्पूर्ण खराबी वा फोहोर बाहिर निस्केर जान्छ।२. मुलाको पात: मुलाको पातमा भिटामिन A, B र C पाइन्छ। यसमा अधिक मात्रामा फाइबर हुने भएकोले यसले हाम्रो पाचनलाई राम्रो बनाउँछ र लिवरको कार्य क्षमतालाई पनि बढाउँछ। यसको लागि मुलाको पातलाई राम्ररी पखालेर जुस बनाउने। यो जुसलाई हरेक दिन खाना खाए पछी पिउने। यो जुस लगातार ६/७ दिन सम्म पिउनले लिवरसम्बन्धी सम्पूर्ण समस्याहरुलाई हटाउँछ

।३. किसमिसको पानी: करिब ५०० एम एल पानीमा एक कचौरा किसमिस रातभरी भिजाएर राख्ने। बिहान पानीलाई छान्ने र यस पानीलाई बिहान खाली पेटमा थोरै पिउने । साथै पुरै दिन एक एक घण्टाको अन्तरालमा यस किसमिसको पानी थोरै थोरै गर्दै पिउने। त्यस्तै भिजेको किसमिस लाई बिहान खाजाको साथ वा बेलुका सेवन गर्न सकिन्छ। लगातार ३ दिन सम्म किसमिसको पानी खानाले लिवर सम्बन्धी सम्पूर्ण समस्या बिस्तारै हट्छ र लिवर स्वस्थ हुन्छ।४. गहुँको जुस: गहुँमा क्लोरोफिलको मात्रा अधिक हुन्छ।

साथै यो एक शक्तिवर्द्वक एन्टीअक्सिडेन्ट हो। गहुँको जुसको सेवनले लिवर सम्बन्धी सम्पूर्ण बिमारीलाई दुर गराउँछ। गहुँको जुस जुनसुकै आयुर्वेदिक पसलहरुमा किन्न पाइन्छ। यी साधारण घरेलु चीज वा उपचार विधिले लिवर सम्बन्धी सम्पूर्ण खराबी वा बिमारीलाई संधैको लागि हटाई लिवरलाई स्वास्थ्य र स्वच्छ बनाउँछ। एजेन्सीगर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षणहुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? आउनुस् जानौं पाच ओटा तरिका ।१. तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् ।

यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ । २. स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाई)लाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ । र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपार्इं गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ ।३. केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ । ४. दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।५. घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ ।

श्रीमानले गरे ६ वटी श्रीमतीसँग एकैपटक यौन सम्पर्क, त्यसपछि घट्यो यस्तो डरलाग्दो घटना !कुश्मा – पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । थप अध्ययन गरेर एशियाकै लामो हुने गरी मूर्ति बनाइने मेला आयोजक समितिले जनाएको छ ।मूल समिति निर्माणसँगै हालसम्म रु २८ लाख जुटिसकेको छ । मूर्ति निर्माणका लागि १५१ जनालाई संस्थापक बनाइने आयोजकले जनाएको छ ।

आगामी २०७६ जेठ १ देखि ११ गतेसम्म धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होम आयोजना गरिने छ भने त्यसपछि आगामी वर्ष पनि धार्मिक मेला सञ्चालन गरिनेछ ।मुख्य प्रवचक पं. ईश्वरकृष्ण महाराजजीले भन्नुभयो,“पार्वतीजको जन्मभूमिको रुपमा परिचित कुश्मा र भगवान् शिव गुप्त हुनुभएको भनी विश्वास गरिएको गुप्तेश्वर क्षेत्रमा विश्वकै अग्लो शिवपार्वतीको मूर्ति बनाइन हामी लागेका छौँ ।”मूर्ति निर्माणका हालसम्म नै २८ जना स्थानीयवासीले रु एक–एक लाख दान बोलिसक्नुभएको भेला आयोजक समितिका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।अन्य गुल्मीमा बैकुण्ठ चतुदर्शीका अवसरमा लाग्ने मालिका मेला तथा मालिकादेवीको दर्शनका लागि बाग्लुङ्ग तथा अर्घाखाँची लगायतका जिल्लाका भक्तजनहरु मालिका मन्दिरमा शुक्रबार विहानैदेखि दर्शन तथा पुजाआरधा गर्न हजारौ दर्शनार्थीहरुको घुइचो लागेको छ ।साथै चिच्याएर बर माग्ने परम्परा तोड्दै अहिले मनमनै माग्न थालिएको छ ।

पहिला अन्धविश्वासले पनि चिच्याउने गरेको भएता पनि आजभोलि त्यो परम्परा क्रमश अहिलेको पुस्ताहरु प्राय सबै पढेलेखेका र विद्धान र चेतनाको स्तर वृद्धि भएपछि बर पाइन्छ भने मनले कल्पना गरेपनि बर पाइन्छ भनेर प्राय सबैले मनमनै बर माग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले बताए ।जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा प्रसिद्ध मानिने गरेको छ । मालिकादेवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी जिल्ला बाग्लुङ्ग, अघाखाँची लगायतका स्थानहरुबाट हजारौ दर्शनार्थीहरु मालिकामा आएर चिच्याएर बर माग्ने गर्दछन् ।

आफ्नो मनाकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भाकल चढाउन मालिकामा भक्तजनको घुइचो लागेको हो ।बैकुण्ठ चतुर्दर्शीको अवसरमा लाग्ने मेला र महोत्सवलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न विभिन्न स्थानहरुबाटअघिल्लो दिन अर्थात विहिवार साँझदेखि नै टाढा टाढाबाट सवारी साधन र पैदल यात्रा गरि हजारौँ श्रदालु भक्तजनहरु मालिकादेवीको दर्शन आएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताए ।समतिका अध्यक्ष शर्माले भने ‘दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मध्यनजर गरि आज शुक्रवार विहानैदेखि मन्दिरमा परेवालाई बलीको रुपमा नचढाई परेवा शान्तीका प्रतिक भएको हुदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको छ।’ मेलासँगै मन्दिर आसपासमा रहेका होटल व्यवसाय,पुजा आरधनाका सामाग्री,र फलफूल लगायतबाट व्यापारीहरुले लाखौको कारोवार हुने गरेको छ।शिव बैकुण्ठ चतुदर्शीको अबसर पारेर विगत केहि बर्षयता निरन्तर रुपमा मालिकाको प्रसार प्रचार गदै मालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुगोस भनि विगत निरन्तर रुपमा मालिका महोत्सव आयोजना गदै आएको मालिका महोत्सव समितिका आर्थिक संयोजक रामप्रसाद अर्यालले जानकारी दिए ।कञ्चनपुर । नेपालमा विश्वले अद्भूत मान्ने धरोहरु, प्राकृतीक केन्द्र र धार्मिक धरोहर रहेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र यही अद्भूत मध्येको एक हो । यहाँ अबलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ । कार्तिक महिना यसको विशेष महत्व छ । विश्वभरीका हिन्दुहरु त्यहाँ पुगेर दर्शन गर्ने गर्दछन् । तपाईपनि तस्विरमै भएपनि दर्शन गर्नुहोस् । र सेयर गरेर मनोकामना पुरा हुने लाभ लिनुहोस् ।हुन त न राम्ररी गाडी गुडने सडक छ, न प्रचार प्रसारमा जोडनै दिईएको छ तै पनि हज्जारौ मानिसहरु पुगिरहेका छन् । सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ । माटोका अनौठा आकृति संगै सेल्फि लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन ।

पर्यटकको सुविधका लागि नगरपालीकाले सेल्फि प्वाईन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आर्कशक गन्तव्य बन्न पुगेको छ ।टाढा बाट लश्करै मन्दिरहरुको शहर जस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेको जस्तो देखिन्छ । एक पटक यस क्षेत्रको अबलोकनका लागि पुगेको व्यक्ति यस क्षेत्रको प्राकृतिक कलाकृतिको बर्णन गरेर थाक्दैनन् । स्वस्फुत रुपमा यस क्षेत्रले पर्यटक तान्न थालेको छ ।ढुङ्गले भरिएको पथरिलो सडकमा सवारी साधान गुडाउदै यस क्षेत्रको अबलोकनका लागि दैनिक दुई सय बढी आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गर्दछन ।

प्रकृतीको अनुपम दृश्यलाई क्यामेरा र मोवाईलमा कैदगरी सामाजिक सञ्जाहरुमा राख्ने कार्यले समेत विगत दुई बर्ष यता देखि हुदै आएपपछि यस क्षेत्रले चर्चा पाउन सफल भएको शिक्षक राघव अबस्थीले बताए । ‘यस क्षेत्रमा पुग्दा प्राकृतिलेनै बनाई दिएको कलाकृति हेरेर मन्त्रमुग्ध नहुने कोही छैन’ उनले भने ।टाढा बाट दृश्य नियाल्दा ढुङगालाई ठाउ ठाउमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटो बाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेको उनले बताए । यस क्षेत्रले पर्यटकीय क्षेत्रका रुपमा चर्चा बटुल्न थालेपछि चलचित्र र म्युजिक भिडियोको छायांकनको कार्य गर्नका लागि यो क्षेत्र रोजाईमा पर्न थालेको छ ।

स्थानिय बासिन्दाका अनुसार यहाँ दैनिक दुई वटा म्युजिक भिडियो र चलचित्रको छायांकनको कार्य हुदै आएको छ ।यस क्षेत्रलाई स्थानिय बासिन्दाले धार्मिक क्षेत्रका रुपमा समेत लिने गरेका छन । शिवलिङ्गेशवर क्षेत्रका रुपमा यस क्षेत्रले धार्मिक मान्यता पाएको छ । स्थानिय ७७ बर्षिय बिरादत्त भट्ट शिवलिङ्ग क्षेत्रमा भगवान शिवको बास रहेकाले दत्तचित्त रुपले यस क्षेत्रमा पुजा गरे मनले चिताएको पूर्ण हुने बताउ छन । माटोका विभिन्न आकृति भएका ठाउ नजिकैको खोलामा विसं २०२७ सालमा स्थानिय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढने भएपछि भगवान शिवलाई स्थानियले ध्यु संग भात खाने र चढाउने भाकल गरेपछि पानी नहरमा आउन थालेपछि यस क्षेत्रले धार्मिक मान्यता पाएको उनले बताए ।

जानकारहरुका अनुसार धेरै पहिले चुरे पर्वत बर्षाका कारण खिईदा चुन, कोईला र गन्धकले भरिएको पहाडले विभिन्न आकृतिको रुपमा लिएको हो । हाल जति बर्षा भएपनि माटोका मसिना माटोका आकास तर्फ फर्केका विभिन्न आकृतिका थुम्कामा कुनै असर नपर्ने गरेको स्थानियको भनाई रहेको छ । यस क्षेत्रमा विसं २०२५ साल देखि बस्ती बस्न शुरु भएपछि पहाडका आकृति हाल जुन अबस्थामा छन त्यही अबस्थामा पहिलेपनि देखेको बुढापाकाहरु बताउद छन ।बेदकोट नगरपालिकाले लिंगा र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । लिङ्गाको पर्यटन प्रवद्र्धनका लागि दोस्रो नगरसभा लिंगामै गरिएको थियो ।

बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले लिङ्गाको धार्मिक पर्यटकीय विकासका लागि विशेष प्राथमिकता दिइएको बताए । ‘लिङ्गा र बेदकोटलाई एकआपसमा जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजना छ,’ नगर प्रमुख चन्दले भने, ‘यसका लागि गुरुयोजना बनाएर जान्छौं ।’चुल्लीगाड खोलामा झोलुङ्गे पुल र लिङ्गासम्म पक्की सडक पुर्याउने नगरपालिकाको योजना छ । लिङ्गा प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ । बेदकोट नगरपालीकाको दैजी चौराहाबाट सडक मार्ग हुदै धर्मपुर हुदै सात किलो मिटरको सडक तय गरेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।हाल नगरपालीकाले पर्यटकीय क्षेत्र सम्म पुग्ने सडकको स्तरोन्नतीको कार्य गरी पर्यटकीय क्षेत्रमा मन्दिर, मूर्तिहरु राखेको छ । सेल्फि खिच्न चाहने पर्यटका लागि सेल्फिप्वाईन्ट समेत निर्माण गरेको छ । नगरपालीकाका अनुसार एक बर्षको अबधिमै लिंगामा पुग्ने पर्यटकको संख्या ४० हजार बढी रहेको छ ।

आन्तरिक, छिमेकी देश भारत र तेश्रो मुलुकका पर्यटक समेत यहाँ पुगेका छन ।अन्य समाचार, गरिबी, अभाव र बेरोजगारीको कारणले घर छोडेर बिदेशीनु पर्ने हामी नेपाली को तितो यथार्थ जुन छ यसलाई हामी नेपालीको बिडम्वना नै भन्नु पर्दछ । स्वदेशमा रोजगारीको अबसर नपाए पछी रोजिरोटिको खोजिमा सुनौलो सपना बुन्दै खाडिको तातो घाममा तप तप पसिना चुहाउन बाध्य भएका छौ हामी नेपाली ।राजनीतिक अस्थिरता ,लामो समय सम्म को द्वन्द र राज्यको मुखदर्सक्ताले आज हामीलाई घर परिवार छोडेर बिदेशीन बाध्य पारेको छ यो यथार्थ हो ।चाहेर होस या नचाहेरै आफू र आफ्नो परिवारको दैनिकी गुजरा चलाउन अनि सन्तानको सुन्दर भबिस्य बनाउन भनी आज लाखौ युवा युवती आफ्नो उमेर र जवानी बिदेशी भुमिमा बेच्न बाध्य भयका छौ ।

हो, आज अरबको मरुभूमि हरियाली बनाउदै छौ हामी तर दुस्खद कुरा त हाम्रो आफ्नै उर्बर भुमीमा चाही सुख्खा लगेको छ आज वर्षा याममा पनि चैत को खडेरी जस्तै सुख्खा ।मनका हजारौं रहर चाहाना र आकाक्षा लाई मारेर आफ्नो मौलिकता ,सस्कति ,चाडपर्व अनि रितिरिवाज लाई समेत चाहेर पनि मान्न अनि रमाउन नपाउनु साच्चै यहाँ भन्दा ठुलो बिडम्बना के रहला हामी नेपाली को लागि …? सुख ,दुःख जे जस्तै भए नी आफ्ना परिवार सङ साटासाट गर्दै मीठो नमिठो सगैं बसेर खाने ,पारिवारिक भेटघाट गर्न अनि रम्ने र रमाउने दिन साच्चै कहिले आउला सम्पुर्ण नेपाली को …?यतिखेर नेपाली हिन्दु धर्मावलम्बी हरुको सबैभन्दा ठुलो चाड बडा दसै स्वदेशमा भित्री सकेको छ । मान्यजन को आशीर्वाद लिदै रातो टीका प्रसाद अनि जमरा लगाइ हासो खुशी बाढ्ने दिन को रौनक छाहिरहदा बिदेशी भुमिमा बाध्यता बस गुलाम बन्न पुगेका हामी जस्ता लाखौ नेपाली को भने उही दिनचर्या उही काम उही अवस्था ।हाम्रा लागि दसै आयो त केबल सामाजिक संजालमा अनि समाचारमा र पात्रोमा आयो ।

न कम्पनीको छुट्टि न साथिभाइ स‘ग को रमाइलो ,न सेल रोटी ,न लिङ्गे पिङ, न निधारमा टीका हाम्रो न कानमा जमरा ,न बुबा आमाको आशीर्वाद उहीँ काम, उहीँ तनाव, उहीँ एक्लो पन बिगत सम्झेर टोलाउनु अनि तिनै बिगतका तस्वीर हेरेर मन बुझाउनु को कुनै विकल्प रहेन य‘हँ ।बिरानो देश ,अनौठो भासा सस्कृति ,छुट्टै रहन सहन कस्ले बुझिदिने हाम्रो मर्म ..? बिहानै उठ्यो काचो होस या कचिलो पाकेको होस या काक्चै होस दुई गाँस टपक्क टिप्यो अनि लाग्यो फेरी त्यहिकाममा । दिन भरि कामामा मालिक को गाली कामको चाप र थकान शरीर लियर साझ लखतरान भयर कोठामा फर्क्यो अनि फेरी आफैले केहि बनायो मन नमान्दा नमान्दै दुई गाँस खायो अनि पल्टियो त्यही बिस्तारामा ।निन्द्रा त कहा आउछ र सुते पनि बिगतको याद ले सताइ रहन्छ यो रमझम ती साथीसङ्गी ती नातेदार र आफन्तको सम्झनाले कोल्टे फर्दै उज्यालो भएको पत्तै हुदैन साच्चै ती दिनहरु बिछोडको पिडामा सम्झी रहदा कुन चै परदेसिको मन थिर मा रहला र ?युद्ध मैदानमा होमिएको सिपाही झै नथाकिकन निरन्तर संघर्ष गर्नुपर्ने अनि अनेकौ सपना लाई बुन्दै अहोरात्र गुलामि गर्नुपर्ने हामी तमाम बिदेशीयका नेपाली को कथा ब्यथ एउटै रहेको छ भलै पात्र फरक रहलान ।स्वदेशमा चाडपर्व को रौनक बढ्दै जादा हामी खाडीमा गाडियका नेपालीको मन भने साच्चै छियाछिया भयको छ ।

अनि जतिसुकै पीडा र दुख भयनी हासी हासी घर देशमा रहेका आफन्त लाई भन्नै पर्न रहेछ यहाँ सबै राम्रो छ मेरो केहि चिन्ता लिनु पर्दैन राम्रो सङ चाडपर्व मनाउनु तर कठै यहाँ तप्प तप्प पसिना सङ्गै चुहियर बगेका आँसु त कस्ले देख्छ र जुन खस्न नपाइ बालुवामा बिलाइ सकेको हुन्छ ।हो त्यसैले हामी बिदेशी भुमिमा गुलाम बन्न आयका लाखौ लाख नेपाली हरुका लागि दसै तिहार जस्ता महान पर्व केबल सम्झना मै सिमित बनेका छन् । हालः युएईबाटअन्य समाचार, लिवर अर्थात् कलेजोको सम्पूर्ण फोहोर वा खराबीलाई एकपटकमै हटाउने यो गोप्य घरेलु औषधी ! लिवर यानिकी कलेजोले हाम्रो शरीरमा एक केमिकल फ्याक्ट्रीले जस्तै काम गर्छ। अर्थात् तपाइँ जत्ति पनि बाहिरको जंक फुड, तेलमा तारेको भोजन, जाँड रक्सी र अनेकौं केमिकलयुक्त औषधी लगायतका पदार्थ खाएपनि यी चिजहरु बाट हुने नकारात्मक प्रभावलाई कलेजोले शरीरबाट बाहिर निकाल्ने काम गर्छ।

भोजन खाएपछी कलेजोले उक्त भोजनबाट आवश्यक पोषण तत्व ग्रहण गरेर शरीरको दोस्रो भागमा पुर्याउँछ ।समग्रमा हेर्दा शरीरमा हुने हरेक कामको सफलता पुर्वक काम सम्पन्न गर्नको लागि कलेजोको महत्वपूर्ण योगदान रहेको छ। तर यदि यसमा केहि गढबढ भएमा हाम्रो शरीरको सम्पूर्ण प्रणाली नै खराब हुन्छ। कलेजोमा खराबी आउँदा हेपाटाइटिस, फ्याटी लिवर, लिवर सिरोसिस, अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ।त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० % लिवरको खराबीको बिमारीलाई औषधीले काम गर्दैन। प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ। त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा बनाएको सादा खाना मात्र सेवन गर्नु होस् । खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ।

५/६ दिनसम्म यस्ता खाना हरुको कन्ट्रोल गरेमा लिवरलाई सफा गर्ने घरेलु औषधीले पूर्ण रुपमा काम गर्छ। यो प्रक्रियाको बीचमा १/२ दिन फलफुल मात्र सेवन गर्नु पर्छ।यसो गर्नले लिवरले आराम पाउनुका साथै यसको थकान र कमजोरी कम हुँदै जान्छ। फलफुलमा स्याउ, मेवा, खर्बुजा, तर्बुजा, भुँईकटर, चुकंदर र सुन्तला लगायत सेवन गर्दा एकदम फाइदाजनक हुन्छ। लिभरको सफा गर्नको लागि ५/६ दिनसम्म यसरी एकदम हलुका र सादा खाना सेवन गर्नु पर्ने हुन्छ । ५/६ दिन पछी आफ्नो नियमित खाना खान सक्नुहुनेछ।अब यो प्रक्रिया ५/६ दिन पुरा गरेपछि लिवरको फोहोर, खराबी वा बिमारीलाई पूर्ण रुपमा हटाउनको लागि अपनाउनु पर्ने घरेलु उपचार विधि: १. यसको लागि चाहिने सामग्रीहरु: लौका, बेसार, कागती, धनियाँ, कालो नुन, गुर्जोको रस। गुर्जोको रस अर्थात् गिलोयको रस जुनसुकै आयुर्वेदिक सप वा सुपरस्टोरमा किन्न सकिन्छ।बनाउने विधि: लौकालाई सानो सानो टुक्रामा काटेर थोरै धनियाँ पातको साथ ब्लेंन्डरमा राखेर जुस बनाउने । लगभग एक गिलास जुस बनाउने। अब यो जुसमा एक चम्चा बेसार, एक चम्चा कालो नुन, एक चम्चा कागतीको रस र करिब ३० एमएल गुर्जो अर्थात् गिलोयको जुस मिलाएर मिसाउने। यो ड्रिंकलाई हरेक बिहान खाली पेटमा सेवन गर्ने। यस ड्रिंकलाई लगातार ६/७ दिन सेवन गर्नले लिवरमा हुने सम्पूर्ण खराबी वा फोहोर बाहिर निस्केर जान्छ।२. मुलाको पात: मुलाको पातमा भिटामिन A, B र C पाइन्छ।

यसमा अधिक मात्रामा फाइबर हुने भएकोले यसले हाम्रो पाचनलाई राम्रो बनाउँछ र लिवरको कार्य क्षमतालाई पनि बढाउँछ। यसको लागि मुलाको पातलाई राम्ररी पखालेर जुस बनाउने। यो जुसलाई हरेक दिन खाना खाए पछी पिउने। यो जुस लगातार ६/७ दिन सम्म पिउनले लिवरसम्बन्धी सम्पूर्ण समस्याहरुलाई हटाउँछ।३. किसमिसको पानी: करिब ५०० एम एल पानीमा एक कचौरा किसमिस रातभरी भिजाएर राख्ने। बिहान पानीलाई छान्ने र यस पानीलाई बिहान खाली पेटमा थोरै पिउने । साथै पुरै दिन एक एक घण्टाको अन्तरालमा यस किसमिसको पानी थोरै थोरै गर्दै पिउने। त्यस्तै भिजेको किसमिस लाई बिहान खाजाको साथ वा बेलुका सेवन गर्न सकिन्छ। लगातार ३ दिन सम्म किसमिसको पानी खानाले लिवर सम्बन्धी सम्पूर्ण समस्या बिस्तारै हट्छ र लिवर स्वस्थ हुन्छ।४. गहुँको जुस: गहुँमा क्लोरोफिलको मात्रा अधिक हुन्छ। साथै यो एक शक्तिवर्द्वक एन्टीअक्सिडेन्ट हो। गहुँको जुसको सेवनले लिवर सम्बन्धी सम्पूर्ण बिमारीलाई दुर गराउँछ। गहुँको जुस जुनसुकै आयुर्वेदिक पसलहरुमा किन्न पाइन्छ। यी साधारण घरेलु चीज वा उपचार विधिले लिवर सम्बन्धी सम्पूर्ण खराबी वा बिमारीलाई संधैको लागि हटाई लिवरलाई स्वास्थ्य र स्वच्छ बनाउँछ। एजेन्सीगर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षणहुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? आउनुस् जानौं पाच ओटा तरिका ।१. तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ । २. स्तनको आकारमा परिवर्तन देखिन सक्छ ।

तपाई)लाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ । र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपार्इं गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ ।३. केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ । ४. दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।५. घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ । श्रीमानले गरे ६ वटी श्रीमतीसँग एकैपटक यौन सम्पर्क, त्यसपछि घट्यो यस्तो डरलाग्दो घटना !कुश्मा – पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ ।

थप अध्ययन गरेर एशियाकै लामो हुने गरी मूर्ति बनाइने मेला आयोजक समितिले जनाएको छ ।मूल समिति निर्माणसँगै हालसम्म रु २८ लाख जुटिसकेको छ । मूर्ति निर्माणका लागि १५१ जनालाई संस्थापक बनाइने आयोजकले जनाएको छ ।आगामी २०७६ जेठ १ देखि ११ गतेसम्म धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होम आयोजना गरिने छ भने त्यसपछि आगामी वर्ष पनि धार्मिक मेला सञ्चालन गरिनेछ ।मुख्य प्रवचक पं. ईश्वरकृष्ण महाराजजीले भन्नुभयो,“पार्वतीजको जन्मभूमिको रुपमा परिचित कुश्मा र भगवान् शिव गुप्त हुनुभएको भनी विश्वास गरिएको गुप्तेश्वर क्षेत्रमा विश्वकै अग्लो शिवपार्वतीको मूर्ति बनाइन हामी लागेका छौँ ।”मूर्ति निर्माणका हालसम्म नै २८ जना स्थानीयवासीले रु एक–एक लाख दान बोलिसक्नुभएको भेला आयोजक समितिका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।