सीमामा यसरी ढलेका छन जङ्गे खम्बा, सिंहदरबारसम्म यो समाचार पु-याउन सेयर गरौँ

सूचना दैनिक
शनिबार, साउन ४, २०७६

काठमाडौँ । नेपाल भारत सीमामा जङ्गे सीमाखम्बा ढलेका छन । नेपालको तर्फबाट ती खम्बा उठाउने र संरक्षण गर्नेमा ध्यान नपुगेको भन्दै विरोध भइरहेको छ । सीमाविद्हरुले यसको आवाज उठाइरहेका छन । सिमाबिद बुद्धिनारायण श्रेष्ठले आफ्नो फेसबुकमा यसरी स्टाटस लेखेका छन ।

स्टाटस हेर्नुहोस

ढाल्यो, डुब्न लाग्यो, ढल्न लाग्यो– लाग्यो–लाग्यो, ढल्नै लाग्यो १
– खबरदार जंगे सीमाखम्बा नढलोस् ।

– खम्बा नढले हाम्रा पालामा नसके पनि हाम्रा छोरा नातिले सीमा रक्षा गर्नेछन् ।

– सीमा खम्बा ढले देशै खतम हुन्छ ।

१. कपिलवस्तु ठिकुरापुरस्थित चिरई खोलको बाढीले बगाएको ५७८ र ७ को मूल सीमा खम्बा ।

२. भारतीय महलिसागर ब्यारेजले डुबानमा पारेको ९१० नम्बरको जङ्गे खम्बा ।

३. ढल्केको जंगे खम्बा नं. ३३७ सर्लाही बलरा गाउ‘पालिका–४ नयॉटोला फूलवरिया गाउको हो ।

हेर्नुहोस स्टाटस जस्ताको तस्तै ।