कतारको जेलबाट बिनोद रानाभाट अब नेपालमा ! भारतियलाई तिर्नुपर्ने ८२ लाख उठ्यो (भिडियो हेर्नुस)

सूचना दैनिक
शनिबार, साउन ४, २०७६

(शिशिर भण्डारी) कतारको जेलमा ३० महिना भन्दा लामो समयदेखि रहेका बिनोद रानाभाट सहयोग अभियान अन्तर्गत पहिलो चरणमा देश तथा बिदेशबाट महान सहयोगी मन भएका भगवान रुपी दर्शकहरुले पठाउनु भएको ११ लाख ३४ हजार ९ सय ९७ रुपैंया हामीले युटुब च्यानल नयाँ नयाँ न्युज नेपाल मार्फत बिनोदको परिवारलाई हस्तान्तरण गरिसकेका छौं ।

दोस्रो चरणको सहयोग अन्तर्गत त्यसपछिका दिनमा सहयोगीहरुले पठाउनु भएको ५ लाख ८६ हजार २ सय ५५ रुपैंया बिनोद रानाभाट रिहाई तथा उद्धार समितको खातामा भोली आईतबार जम्मा गर्दैछौं । भगवान रुपी सहयोगीहरुको नाम र पठाउनु भएको सहयोगको जानकारी म आफ्नो फेसबुक लाईभ मार्फत् भोली नै दिनेछु ।

यो अभियानमा हामीलाई साथ दिनु हुने सम्पुर्ण सहयोगीहरुलाई दुइृ हात जोडेर नमस्कार र उच्च सम्मान । अन्य अभियन्ताहरुलाई पनि उच्च सम्मान । यस सँगै समितिकै खातामा ७५ लाख भन्दा बढि सहयोग जम्मा हुने र देश बिदेशबाट आउन बाँकी रहेको सहयोग नेपाल आउँदा सहजै ८२ लाख खातामा जम्मा हुने हुँदा हाम्रो तर्फबाट यो अभियान बन्द भएको घोषणा पनि गर्दछौं, धन्यवाद । अब बिनोद रानाभाट नेपालमा ! भारतियलाई तिर्नुपर्ने ८२ लाख उठ्यो, सबैले शेयर गरौं (भिडियो हेर्नुस)